काठमाडौं महानगरका १३ वटा वडाको मत गणना सकिएको छ । अहिले नौवटा वडाको गणना जारी छ । थप १० वटा वडाको मत पेटिएका खोलिएकै छैन ।
हालसम्म गणना भएको एक लाख नौ हजार ५३७ मतमध्ये बालेन ३६ प्रतिशत हासिल गर्दै मतान्तरको दूरी फराकिलो बनाएका छन् । काठमाडौंमा करिब ९१ हजार मत गणना गर्न बाँकी छ ।
काठमाडौंका १ देखि ६, २७ देखि ३२ र ८ नम्बर वडाको गणना जारी छ । हाल ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ नम्बर वडाको मत गणना भइरहेको छ । १३, १४, १५, १६, १७, १८, १९, २०, २१ र २२ नम्बर वडाको मत पेटिका खोल्न बाँकी छ ।
हालसम्मको तथ्यांकमा मेयरका स्वतन्त्र प्रत्यासी बालेन शाहले ३९ हजार ६, कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७२ र एमालेका केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।
निर्वाचन कार्यालयका अनुसार हालसम्म काठमाडौंमा ५७.०५ प्रतिशत मत गणना सकिएको छ । अब गणना गर्न ४२.९५ प्रतिशत बाँकी छ ।