काठमाडौं महानगरमा मेयरका स्वतन्त्र प्रत्यासी बालेन्द्र शाहले साढे १६ हजार मतभन्दा बढीको अग्रता बनाएका छन्।
Advertisement
उनको अग्रता बढिरहँदा दोस्रो स्थानका लागि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।
एक लाख दुई हजार ७६३ मतगणना गर्दा बालेनले ३७ हजार ६१ मत पाएका छन्। एमालेका केशव स्थापितलाई उछिन्दै कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा आएकी छन्। सिर्जनाले २० हजार ५२० मत पाएकी छन्। र, स्थापित २० हजार ३१६ मतसहित तेस्रो स्थानमा झरेका छन्।
अहिले बालेन र सिर्जनाबीचको मतान्तर १६ हजार ५४१ छ। बालेन र स्थापितबीच १६ हजार ७४५ मतान्तर छ। सिर्जना र स्थापितबीच पनि २०४ मतको अन्तर छ।