• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन


    Avatar photo
बुधबार, असार २४, २०८३ मा प्रकाशित

मुस्ताङ- जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो ।

Advertisement

एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२÷८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा सङ्कलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिनुभयो । एक्याप प्रमुख गुप्तका अनुसार चालु वर्षको बाह्र महिनामा मुस्ताङमा सङ्कलन भएको फोहरलाई दुई हजार ५८१ बोरामा राखेर पोखरातर्फ निकासी गरिएको हो ।

एक्याप जोमसोम कार्यालयका अनुसार चालु वर्षको भदौमा ६४४ केजी, कात्तिकमा ८६०, मङ्सिरमा एक हजार ५५६, पुसमा एक हजार ३५१, फागुनमा एक हजार ८८८, चैतमा दुई हजार ४६२, वैशाखमा दुई हजार २३० र असारमा छपटक गरी १० हजार ६५९ केजी फोहर पोखरास्थित ग्रिन रोड वेस्ट मेनेजमेन्ट प्रालि प्रशोधन केन्द्रमा पठाइएको हो ।

एक्यापले गत वर्ष मुस्ताङका तीन गाउँपालिकामा सङ्कलित १० हजार १९० केजी फोहर जिल्ला बाहिर निकासी गरेको थियो । गत वर्षको तुलनामा चालु वर्ष (११७.७५) प्रतिशत बढी फोहर मुस्ताङबाट निकासी भएको एक्याप प्रमुख गुप्तको भनाइ छ ।

एक्यापले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङका तीन पालिकामा चालु वर्ष चारवटा फोहर सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको छ । जसमध्ये एक फोहर सङ्कलन केन्द्रलाई अर्को स्थानमा स्थान्तरण गरिएको छ । गत वर्ष एक्यापले मुस्ताङका पर्यटकीय चहलपहल हुने क्षेत्रमा आठवटा फोहर सङ्कलन केन्द्र निर्माण गरेको थियो ।

कार्यालय प्रमुख राजेश गुप्तले मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाले सोहीअनुसार फोहर सङ्कलनको मात्रा बढ्दै गइरहेको उल्लेख गर्नुभयो । मुस्ताङ भित्रिने पर्यटक तथा स्थानीयबाट उत्पादन हुने नकुहिने फोहरलाई पोखरास्थित प्रशोधन केन्द्रमा पठाउने गरिएको छ । यहाँका विभिन्न सङ्कलन केन्द्रमा जम्मा हुने नकुहिने फोहरको वर्गीकरण गरी सङ्कलन हुन नसक्दा आंशिक समस्या परेको एक्याप प्रमुख गुप्तको भनाइ छ । जिल्लामा समुदायस्तरका आमा समूह, गाउँसमाज र संरक्षण क्षेत्र व्यवस्थापन समितिलगायतले मासिक रूपमा सरसफाइ गरी फोहर सङ्कलन गर्ने गरेको भए पनि टिन÷क्यान, सिसाजन्य र प्लाष्टिकका फोहर छुट्टाछुट्टै सङ्कलन नहुँदा समस्या परेको उहाँले बताउनुभयो ।

जिल्लामा दुई वर्षअघि यहाँका पर्यटन व्यवसायी र समुदायले यहाँ उत्पादन हुने नकुहिने फोहर खाल्डो खनी विर्सजन गरेकामा गत वर्षदेखि एक्याप कार्यालयको खर्चमा सङ्कलित जिल्ला बाहिर निकासी गर्न थालिएको हो । जिल्लालाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउन आगामी वर्षहरूमा थप सङ्कलन केन्द्र निर्माण गर्दै जाने नीति लिइएको छ ।

जलवायु सङ्कट न्यूनीकरण गर्न एक्यापले मुस्ताङमा लक्षित वर्गहरूलाई इन्डक्सन चुलो र विभिन्न उपकरण वितरण गर्दै आइरहेको छ भने फोहरबाट हुने प्रदूषणले मानव स्वाथ्यमा पुर्याउन सक्ने असरका विषयमा समेत विभिन्न स्थानमा साइन पोस्टिङ गर्नेलगायतका काम गर्दै आइरहेको जनाएको छ ।

बुधबार, असार २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.