• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

विश्‍व घटना : संसारकै अग्लो बालुवा-महल !


    Avatar photo
मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

काठमाडौं- आज ७ जुलाई। विश्‍व इतिहासका अनगिन्ती घटनाले आजको दिनलाई संसारभर सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९४७- अमेरिकामा देखियो उडन तस्तरी

सन् १९४७ मा आजकै दिन अमेरिकाको न्यु मेक्सिकोस्थित रोजवेल नजिक उडन तस्तरी देखिएको थियो। रोजवेल नजिकको खेतमा एक रहस्यमय वस्तु दुर्घटनामा परेको थियो। उक्त वस्तु बाह्य अन्तरिक्षबाट आएको हुन सक्ने अनुमान गरिएको थियो। तथापि, त्यसबारे पर्याप्त कुनै प्रमाण फेला पर्न सकेन। रोजवेलले भने उडन तस्तरी देखिएको ठाउँका रूपमा संसारभर ख्याति कमायो।

– सन् १९८५- बोरिस बेकर बने विम्बल्डन जित्‍ने सबैभन्दा कान्छा खेलाडी

सन् १९८५ मा आजकै दिन १७ वर्षीय बोरिस बेकरले विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि जित्‍ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड राखेका थिए। जर्मनीका टेनिस खेलाडी उनले अमेरिकाका केभिन करेनलाई पराजित गरेका थिए।

– सन् २००५- लन्डनमा शृंखलाबद्ध बम आक्रमण, ५२ मारिए

सन् २००५ मा आजकै दिन बेलायतको राजधानी लन्डनमा शृंखलाबद्ध बम विष्फोटहरू गराइएका थिए। ती विष्फोटहरूमा परी ५२ जना मारिएका थिए भने अन्य ७०० जना घाइते भएका थिए। बिहानीपखको व्यस्त समयमा सार्वजनिक यातायातका साधनहरूमा ती विष्फोट गराइएका थिए।

– सन् २०२०- कोभिड प्रसारमा भारतले उछिन्यो रुसलाई

सन् २०२० मा संसाभर फैलिएको कोभिड-१९ महामारीमा आजकै दिन भारतले रुसलाई सर्वाधिक प्रसारका लागि उछिनेको थियो। र, विश्‍वको तेस्रो सर्वाधिक प्रभावित मुलुक बनेको थियो। कुल ७ लाख जना कोभिड-१९ प्रभावित रहँदा दैनिक केस २० हजार नाघेको थियो।

– सन् २०२१- संसारकै ठूलो बालुवाको महल

सन् २०२१ मा आजकै दिन डेनमार्कको ब्लोखसमा संसारकै ठूलो बालुवाको महल तयार भएको थियो। २१.१६ फिट अग्लो उक्त महलका लागि ५ हजार टन बालुवा प्रयोग भएको थियो।

– सन् २०२३- विश्‍वको पहिलो मानव-रोबोट प्रेस कन्फरेन्स

सन् २०२३ मा आजकै दिन विश्‍वमै पहिलोपटक मानव-रोबोट प्रेस कन्फरेन्स आयोजना गरिएको थियो। स्विट्जरल्यान्डको जेनेभामा आयोजित कन्फरेन्समा रिपोर्टरहरूले रोबोटलाई सोधेका थिए, ‘के तिमीले मनुष्यविरुद्ध विद्रोह गर्नेछौ ?’

– सन् २०२३- अमेरिकाले नष्‍ट गर्‍यो अन्तिम रासायनिक हतियार

अमेरिकाले आजकै दिन आफूसँग रहेको अन्तिम रासायनिक हतियार नष्‍ट गरेको थियो। केन्टुकीको पूर्वी क्षेत्रमा उक्त हतियार नष्‍ट गरिएको थियो। अन्तर्राष्‍ट्रीय रासायनिक हतियार महासन्धिको एक हिस्साको रूपमा अमेरिकाले उक्त निर्णय लिइएको थियो। प्रथम विश्‍वयुद्धमा रासायनिक हतियारहरूको व्यापक प्रयोग गरिएको थियो।

– सन् २०२४- एकै दिन ३० लाख हवाई यात्री

अमेरिकाको इतिहासमै पहिलोपटक एकै दिन ३० लाख मानिसले हवाई यात्रा गरेको रेकर्ड सार्वजनिक भएको थियो। अमेरिकामा हवाई यात्रीको संख्या पछिल्ला दिनमा अत्यधिक बढेको परिणाम थियो त्यो।

– सन् २०२४- अमेरिकाको पश्‍चिमी क्षेत्रमा हिट वेभ

सन् २०२४ मा यही समयमा अमेरिकाको पश्‍चिमी क्षेत्र हिट वेभबाट नराम्ररी प्रभावित भएको थियो। लस भेगासमा हालसम्मकै सर्वाधिक ४८.८८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.