• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

आज सुनचाँदीकोे मूल्यमा ओरालो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ


    Avatar photo
सोमबार, असार २२, २०८३ मा प्रकाशित

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई सोमबार लुटपाटको गैर–जमानती आरोपमा पक्राउ गरिएको छ । एक महिनाभित्रै माथिल्लो सदनका दुई सदस्य यस्तै आरोपमा पक्राउ परेपछि देशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

Advertisement

एकहत्तर वर्षीय मार्कोलेटालाई उपनगरीय क्विजोन सिटीस्थित विशेष भ्रष्टाचारविरोधी अदालत स्यान्डिगनबायनमा उपस्थित गराएर प्रहरी हिरासतमा लिइएको हो । पक्राउअघि उहाँले आफ्नाविरुद्ध लगाइएको आरोपको वैधानिकता चुनौती दिने र पक्राउ प्रक्रिया स्थगित गराउन प्रयास गर्नुभएको थियो । अदालतले प्रारम्भिक प्रमाणका आधारमा पक्राउ आदेश जारी गरेपछि उहाँले निर्णयको सम्मान गर्ने प्रतिक्रिया दिनुभएको थियो । लुटपाटसम्बन्धी आरोपमा फिलिपिन्सको कानूनअनुसार जमानतको व्यवस्था छैन ।

विशेष भ्रष्टाचारविरोधी अभियोजक रहेको लोकपाल कार्यालयका अनुसार मार्कोलेटाले आफ्ना समर्थकबाट चुनावी अभियानका लागि प्राप्त ७५ करोड पेसो (करिब एक करोड २० लाख अमेरिकी डलर) बराबरको रकम सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोपमा उहाँविरुद्ध लुटपाट मुद्दा दायर गरिएको हो । उहाँले भने कुनै पनि गैरकानूनी काम गरेको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

मार्कोलेटा इग्लेसिया नी क्रिस्टो (चर्च अफ क्राइस्ट) धार्मिक समूहसँग आबद्ध हुनुहुन्छ । उहाँको पक्राउअघि उक्त समूहले राजधानी मनिलाको प्रमुख सडकछेउ तीन दिनसम्म विरोध प्रदर्शन आयोजना गरेको थियो । प्रदर्शनमा १५ हजारभन्दा बढी सदस्य सहभागी भएका थिए । प्रदर्शनका कारण राजधानीमा व्यापक सवारी जाम भएपछि राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले मङ्गलबारका दुई सार्वजनिक कार्यक्रम रद्द गर्नुभएको थियो ।

यसअघि गत महिनाको सुरुआतमा सिनेटर जिङ्गगोय एस्ट्राडालाई पनि बाढी नियन्त्रण आयोजनाबाट ५७ करोड पेसोभन्दा बढी कमिसन लिएको आरोपमा पक्राउ गरिएको थियो । उहाँले आरोपको कडा रूपमा खण्डन गर्नुभएको छ ।

मार्कोलेटा र एस्ट्राडा दुवै पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे तथा उपराष्ट्रपति सारा डुटेर्टेका निकट सहयोगी मानिनुहुन्छ । यही क्रममा २४ सदस्यीय सिनेटले सोमबार महाभियोग अदालतका रूपमा उपराष्ट्रपति सारा डुटेर्टेविरुद्धको सुनुवाइ सुरु गर्ने तयारी गरेको छ । उहाँमाथि अघोषित सम्पत्ति सङ्कलन गरेको र राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको हत्या गर्ने सार्वजनिक धम्की दिएको आरोप लागेको भए पनि उहाँले सबै आरोप अस्वीकार गर्नुभएको छ ।

यसैबीच, डुटेर्टेका अर्का सहयोगी तथा पूर्वप्रहरी प्रमुख सिनेटर रोनाल्ड डेला रोजा अन्तर्राष्ट्रिय आपराधिक अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेपछि लुकेर बस्नुभएको छ । पूर्वराष्ट्रपति डुटेर्टे नेतृत्वमा सञ्चालन गरिएको लागुऔषधविरुद्धको अभियानका क्रममा मानवताविरुद्ध अपराध भएको आरोपमा डुटेर्टेलाई गत वर्ष पक्राउ गरी नेदरल्यान्ड्स लगिएको थियो । उहाँको मुद्दाको सुनुवाइ आगामी नोभेम्बर ३० मा हुने तय गरिएको छ ।

सोमबार, असार २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा
इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

भर्खरै

  • १.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • २.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ३.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ४.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ५.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ६.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ७.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

  • ८.
    झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.