• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : अमेरिकी र बेलायती जासुस प्रमुखहरू एकै ठाउँ


    Avatar photo
सोमबार, असार २२, २०८३ मा प्रकाशित

काठमाडौं- आज ६ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले संसारभर आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९३५- दलाई लामाको जन्मदिन

चीनको स्वशासित क्षेत्र तिब्बतबाट भारतमा बस्दै आएका धार्मिक नेता दलाई लामाको आज जन्मदिन। चीनले तिब्बतमा कब्जा गरेपछि उनी भागेर भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा बसोबास गर्दै आएका छन्। ‘स्वतन्त्र तिब्बत’ नाराका कारण चीनले उनीमाथि कडा निगरानी राख्दै आएको छ। चीन विरोधी पश्‍चिमा मुलुकहरूले चीन घेर्ने रणनीतिक अस्त्रका रूपमा उनको उपयोग गर्ने प्रयास जारी राखेका छन्।

– सन् १९६४- ब्रिटेनबाट मालावी स्वतन्त्र

सन् १९६४ मा आजकै दिन भूपरिवेष्‍ठित दक्षिणपूर्वी अफ्रिकी मुलुक मालावी बेलायती पञ्‍जाबाट मुक्त भएको थियो। सन् १९५३ देखि १९६३ सम्म उक्त मुलुक ब्रिटिस नियन्त्रणमा रहेको फेडेरेसन अफ रोडेसिया एन्ड न्यासाल्यान्डको अंग थियो। फेडेरेसनको विघटनपछि न्यासाल्यान्डको नाम मालावी राखिएको थियो।

– सन् २००६- सिक्किमको नाथुला पास खुला

सन् २००६ मा आजकै दिन भारतको उत्तरपूर्वी राज्य सिक्किममा पर्ने चीनसँगको नाथुला पास व्यापारिक प्रयोजनका लागि खुला भएको थियो। उक्त नाका सन् १९६२ मा भारत-चीन युद्धपछि बन्द भएको थियो। उक्त नाका पनि प्राचीन सिल्क रोडको एक अंग थियो, जसले सिक्किमलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्छ।

– सन् २०१३- बोइङ-७७७ को पहिलो दुर्घटना

सन् २०१३ मा आजकै दिन बोइङ-७७७ विमान पहिलोपटक दुर्घटनामा परेको थियो। दक्षिण कोरियाको इन्चन अन्तर्राष्‍ट्रीय विमानस्थलबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको आसियाना एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो। घटनामा ३ जनाको ज्यान गयो भने अन्य १९० जना घाइते भए। सन् १९९५ मा यात्रीवाहक उडान शुरु भएयता बोइङ-७७७ विमान दुर्घटनामा परेको यो पहिलो घटना थियो। विश्‍वमा बोइङ-७७७ विमान दुर्घटना भएका जम्मा १२ घटना छन्।

– सन् २०१७- डेंगुबाट श्रीलंकामा २२७ को मृत्यु

सन् २०१७ मा आजको दिनसम्म डेंगुबाट २२७ जनाको ज्यान गएको थियो। त्यहाँको सरकारले देशभर फैलिएको डेंगु ज्वरोबाट त्यति ठूलो संख्यामा हताहती भएको रिपोर्ट सार्वजनिक गरेको थियो।

– सन् २०१८- जापानको बाढी र पहिरोमा गयो २०० को ज्यान

सन् २०१८ मा आजकै दिन जापानको दक्षिण-पश्‍चिमी क्षेत्रमा गएको बाढी र पहिरोमा परी कम्तिमा २०० जनाको ज्यान गएको थियो। उक्त प्राकृतिक विपत्तिमा परेर करिब २० लाख जनसंख्या अन्यत्र विस्थापित भएको थियो।

– सन् २०२२- अमेरिकी र बेलायती जासुस प्रमुखहरू एकै ठाउँ

सन् २०२२ मा आजकै दिन बेलायतको जासुसी संस्था एमआई-५ का प्रमुख केन म्याककालुम र अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) निर्देशक क्रिस्टोफर रे एकसाथ देखापरेका थिए। उनीहरूले चीनलाई सबैभन्दा ठूलो आर्थिक र राष्‍ट्रीय सुरक्षामा खतराका रूपमा औंल्याएका थिए।

– सन् २०२५- सुरिनाममा पहिलो महिला राष्‍ट्रपति

सन् २०२५ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक सुरिनामले पहिलोपटक महिला राष्‍ट्रपति निर्वाचित गरेको थियो। सुरिनामको संसदबाट जेनिफर गिर्लिङ्स राष्‍ट्रपति निर्वाचित भएकी थिइन्।

सोमबार, असार २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !
राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

  • ३.
    राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ४.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • ५.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ६.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ७.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ८.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.