• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा


    Avatar photo
शनिबार, असार २०, २०८३ मा प्रकाशित

मुस्ताङ- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल यहाँ आइपुग्नुभएको छ ।

Advertisement

शुक्रबार बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते बास बस्नुभएका मन्त्री लम्सालसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल (गनेश), मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि पनि हुनुहुन्छ ।

कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटनलगायतका विषयमा जानकारी लिने उद्देश्यले उहाँहरु आउनुभएको हो ।

त्यस अवसरमा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितीमा जोमसोम—कोरला सडकमा आवश्यक पर्ने पूर्वाधार निर्माणलगायतका बिषयमा छलफल भएको छ । छलफलमा मन्त्री लम्सालले कोरला सडकखण्डमा पर्ने पाँच वटा सडक पुल निर्माणलाई ठेक्का प्रक्रियामा लैजान निर्देशन दिनुभएको थियो ।

आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोम–कोरला सडकअन्तर्गत जोमसोम–कागबेनी सडकको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ सडक खण्डमा कालोपत्र निर्माणको प्रगतिबारे मन्त्री लम्साललाई जानकारी गराउनुभएको थियो ।

सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि रु तीन अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । कोरला नाकासम्मको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेकाले नाकासम्मको सडक स्तरोन्नति तथा कालोपत्रको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराइएको थियो ।

मन्त्री लम्सालसहितको टोलीले कोरला सडक आयोजना क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै सडक, पुलपुलेसा र अन्य पूर्वाधारको अवस्थाबारे स्थानीयसँग जानकारी लिएको छ । स्थानीयले कालिगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुलपुलेसा तथा अन्य संरचनामा बर्सेनि क्षति पुग्ने जोखिम रहेको जानकारी गराएका छन् ।

शनिबार, असार २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.