• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु


    Avatar photo
शुक्रबार, असार १९, २०८३ मा प्रकाशित

युक्रेन- युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ ।

Advertisement

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले “निश्चित रूपमा“ यो आक्रमणको बदला लिने बताउाुभएको छ ।

यसैबीच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्को माथि नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर–डिफेन्स मिसाइलहरू निर्माण गर्ने इजाजतपत्रका लागि दबाब दिनु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले विनासकारी रूसीको आक्रमणको निन्दा गर्दै युद्धविरामको आह्वान गर्नु भएको छ । नागरिक र नागरिक पूर्वाधार माथि आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भन्दै उहाँले यसलाई तुरुन्तै रोक्नुपर्ने बताएको उहाँका प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गर्नु भएको छ ।

यद्यपी क्रेमलिनले आफ्नो कुनै सम्झौता नगर्ने दावी गर्दै किएभ माथि “दबाब“ बढाउने प्रतिवद्धता गरेको छ ।

सहरको केन्द्रमा रहेका आवासीय क्षेत्रमा रूसी क्षेप्यास्त्र तथा ड्रोनको वर्षा पछि विस्फोटको प्रतिध्वनित हुन थालेको जनाइएको छ ।

मेयर भिटाली क्लिट्स्कोले यसलाई “राजधानीमा रूसको सबैभन्दा ठुलो आक्रमण“ भनेर वर्णन गर्नु भएको छ ।

युक्रेनको राज्य आपतकालीन सेवाले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले ९१ जना घाइते भएको बताउनु भएको छ ।

रेड क्रसको युक्रेनी शाखाले यसको मुख्य गोदाम नष्ट भएको र करिब २० लाख डलरको मानवीय सहायता गुमेएको बताएको छ ।

आक्रमणले कूटनीतिज्ञहरू बस्ने“ भवनलाई पनि क्षति पुगेको बताउदै ईयूकी प्रवक्ता अनिट्टा हिप्परले कूटनीतिज्ञहरू भने सुरक्षित रहेको उल्लेख गर्नु भएको छ ।

क्रिवी रिगमा, मिसाइलले प्रहार गर्दा दुई जना घाइते भएको केन्द्रीय सहरको सैन्य प्रशासनका प्रमुखले बताउनु भएको छ ।

किएभले आफ्ना सहयोगीहरूलाई थप हवाई सुरक्षा पठाउन आग्रह गरेको छ ।

युक्रेनले अमेरिकामा निर्मित “मिसाइल इन्टरसेप्टर” प्रणालीका लागि हतियार उत्पादन गर्न चाहन्छ, तर रक्षा विज्ञहरूले घरेलु रूपमा उत्पादन स्थापना गर्न समय लाग्ने बताएका छन् ।

युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले आक्रमणलाई लिएर मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गर्ने बताउनु भएको छ ।

आसन्न रुसी हमलाको गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले बुधबार डब्लिनको भ्रमण गरे पछि यो आक्रमण भएको हो ।

जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “केही समय देखि युक्रेन विरुद्ध ठुलो आक्रमणको तयारी गरिरहेको“ बताउनुभएको थियो ।

शुक्रबार, असार १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.