• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

म्यान्मा द्वन्द्वमा मृतक एक लाख नाघे


    Avatar photo
बुधबार, असार १७, २०८३ मा प्रकाशित

याङ्गुन- म्यान्मामा सन् २०२१ को सैन्य तख्तापलटपछि सुरु भएको गृहयुद्धमा मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । द्वन्द्वसम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क (एसिएलइडी) का अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा एक लाख १४ जनाको ज्यान गएको छ । विश्लेषकहरूले यसलाई अहिले एसियाकै सबैभन्दा घातक सक्रिय द्वन्द्वका रूपमा वर्णन गरेका छन् ।

Advertisement

सैन्य नेतृत्वले फेब्रुअरी २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेको थियो । त्यसपछि लोकतन्त्र समर्थक प्रदर्शनमाथि गरिएको दमनले सशस्त्र विद्रोहको रूप लिँदा प्रजातन्त्र समर्थक समूहहरू जातीय सशस्त्र सङ्गठनसँग मिलेर सेनाविरुद्ध लडिरहेका छन् । हालसम्म एक हजार २०० भन्दा बढी सशस्त्र समूह सक्रिय रहेको एसिएलइडीले जनाएको छ ।

द्वन्द्वले सर्वसाधारणको जीवन गम्भीर रूपमा प्रभावित भएको छ । राखाइन राज्यमा हवाई आक्रमणमा श्रीमान् गुमाएकी ४९ वर्षीया थेइन आये नुले आफूले अपार पीडा भोगिरहेको र अब कसलाई दोष दिने भन्ने अवस्था पनि नरहेको बताउनुभयो । मध्य म्यागवे क्षेत्रका अर्का एक बासिन्दाले लोकतन्त्र समर्थक विद्रोहमा सहभागी भएका आफ्ना किशोर छोराको मृत्यु भएपछि युद्धका कारण धार्मिक संस्कारसमेत पूरा गर्न नपाएको गुनासो गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मामा ३७ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने पाँचमध्ये एकभन्दा बढी नागरिक गम्भीर खाद्य असुरक्षाबाट प्रभावित छन् । याङ्गुनसहितका केही क्षेत्रमा लक्षित हत्या भइरहेका छन् भने अन्य क्षेत्रमा रुसी र चिनियाँ आपूर्तिका लडाकू विमानबाट नियमित हवाई आक्रमण भइरहेको बताइएको छ ।

एसिएलइडीका अनुसार सन् २०२५ मा प्यालेस्टिनी क्षेत्रपछि म्यान्मा विश्वकै दोस्रो सबैभन्दा बढी द्वन्द्वग्रस्त मुलुक बनेको थियो । सन् २०२३ को अन्त्यतिर विद्रोही समूहले उल्लेखनीय सफलता हासिल गरे पनि चीनको समर्थन र केही जातीय सशस्त्र समूहसँगको सहमतिपछि पछिल्लो समय सेनाले पुनः आफ्नो पकड बलियो बनाएको विश्लेषकहरूको भनाइ छ ।

फेब्रुअरी २०२४ मा सेनाले अनिवार्य सैनिक भर्ती लागू गरी करिब ५० हजार नागरिकलाई सैन्य सेवामा बोलाएको थियो । पूर्वसैनिकहरूका अनुसार पर्याप्त तालिमबिनै अग्रपङ्क्तिमा पठाइएका धेरै भर्ती सैनिक युद्धमा ज्यान गुमाउने उच्च जोखिममा छन् ।

युद्धका कारण थाइल्यान्ड र बङ्गलादेशतर्फ शरणार्थीको पलायन बढेको छ । साथै सीमावर्ती क्षेत्रमा लागुऔषध उत्पादन, तस्करी तथा सशस्त्र समूहको संरक्षणमा सञ्चालित अनलाइन ठगी केन्द्रहरू पनि तीव्र रूपमा विस्तार हुँदै गएको पर्यवेक्षकहरूले बताएका छन् ।

 

बुधबार, असार १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.