मेष- तार्किक क्षमताले सम्मान दिलाउनेछ। साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आशा देखाउनेहरूले धोका दिन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ।
वृष- भेटघाटले काममा बाधा पुर्याउनेछ। स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।
मिथुन- काम गर्दा चुनौती आइलाग्नेछन्। प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ। काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम शुरु गर्ने समय छ।
कर्कट- सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
सिंह- तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन्। आलोचकहरूलाई जवाफ दिन सकिनेछ। काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ। ऋणमोचन हुने सम्भावना देखिन्छ।
कन्या- मनग्य धन आर्जन हुने ग्रहयोग छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला। कीर्तिमानी काम शुरु गर्ने समय छ।
तुला- विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। समय र नियमलाई बेवास्ता नगर्नु होला। विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ।
वृश्चिक- आफ्नै कमजोरीले अवसर गुम्न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तथापि, सोख पूरा गर्न खोज्दा खर्च बढ्न सक्छ।
धनु- शुभचिन्तकहरूसँग भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
मकर- सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ।
कुम्भ- कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ।
मीन- गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ।