• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : अमेरिकामा खस्यो धर्तिभन्दा ४.५६ अर्ब वर्ष पुरानो उल्कापिण्ड


    Avatar photo
शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

काठमाडौं- आज २६ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९३६- विश्‍वमै पहिलोपटक हेलिकोप्‍टर अभ्यास उडान

सन् १९३६ मा आजकै दिन पहिलोपटक हेलिकोप्‍टरको अभ्यास उडान भएको थियो। ट्‍विन-रोटर फोक-वुल्फ ‘एफडब्लू-६१’लाई पहिलोपटक जर्मनीको ब्रेमेनमा परीक्षण गरिएको थियो।

– सन् १९४५- संयुक्त राष्‍ट्र संघको बडापत्रमा हस्ताक्षर

सन् १९४५ मा आजकै दिन संयुक्त राष्‍ट्र संघको बडापत्रमा हस्ताक्षर भएको थियो। विश्‍वका अधिकांश मुलुक अहिले राष्‍ट्र संघको सदस्य बनेका छन्।

– सन् २०१३- उत्तराखण्डको हेलिकोप्‍टर दुर्घटनामा २० मारिए

सन् २०१३ मा आजकै दिन भारत उत्तराखण्डमा भएको हेलिकोप्‍टर दुर्घटनामा २० जनाको ज्यान गएको थियो। उत्तराखण्ड बाढीपछि उद्धारका लागि गएको भारतीय वायु सेनाको ‘एमआई-१७ भी-५’ हेलिकोप्‍टर दुर्घटनामा परेको थियो।

– सन् २०१८- महिलाका लागि भारत सबैभन्दा खतरनाक देश

सन् २०१८ मा आजकै दिन एक अन्तर्राष्‍ट्रीय संस्थाले महिलाका लागि भारत सबैभन्दा खतरनाक देश भएको घोषणा गरेको थियो। यौन दुर्व्यवहार र श्रम दासीका रूपमा भारतमा अत्यधिक महिला पीडित बनेको उल्लेख गर्दै थोम्सन रोयटर्स फाउन्डेसनले उक्त घोषणा गरेको थियो।

– सन् २०१९- मलेसियामा बरामद गरियो ५ हजार कछुवा

सन् २०१९ मा आजकै दिन मलेसियाको राजधानी क्‍वालालम्पुरमा ५ हजार कछुवा बरामद गरिएको थियो। ती कछुवा भारतबाट तस्करी गरेर मलेसिया पुर्‍याइएको थियो।

– सन् २०२१- सहकर्मीलाई किस गरेका बेलायती मन्त्री पदमुक्त

सन् २०२१ मा आजकै दिन बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले राजीनामा दिएका थिए। आफ्नी एक सहकर्मीलाई म्वाईं खाएको तस्बिर सार्वजनिक भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो। कोभिड-१९ महामारीका कारण लागू गरिएको सामाजिक दूरीको नियम उल्लंघन गर्दै उनले सार्वजनिक स्थलमा सहकर्मीलाई किस गरेका थिए।

– सन् २०२३- उरुग्वेमा पानी संकटकाल

सन् २०२३ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक उरुग्वेमा पानी संकटकाल घोषणा गरिएको थियो। खासगरी, राजधानी मोन्टेभिडियोले जटिल जल संकट सामना गर्नुपरेको थियो। पानी संकटबाट बाहिर निस्किन सरकारले समुद्रको पानीलाई मिश्रण गरेर स्थानीय बासिन्दालाई वितरण गर्नुपरेको थियो।

– सन् २०२४- होन्डुरसका राष्‍ट्रपतिलाई अमेरिकामा जेल

सन् २०२४ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक होन्डुरसका पूर्व राष्‍ट्रपति हुँवा ‌ओर्ल्यान्डो हर्नेन्डेजलाई अमेरिकामा ४५ वर्षको जेल सजायँ सुनाइएको थियो। लागूऔषध तस्करी गराएको आरोपमा उनलाई अमेरिकी अदालतले ८० लाख अमेरिकी डलर जरिवाना पनि तिराएको थियो।

– सन् २०२५- अमेरिकामा खस्यो धर्तिभन्दा ४.५६ अर्ब वर्ष पुरानो उल्कापिण्ड

सन् २०२५ मा आजकै दिन अमेरिकाको जर्जियामा एक उल्कापिण्ड खसेको थियो। एक घरको छतमा खसेको उक्त उल्कापिण्ड पृथ्वीभन्दा ४.५६ अर्ब वर्ष पुरानो रहेको अनुसन्धानबाट खुलेको थियो।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.