मेष- साथीभाइले काममा सहयोग जुटाउन सक्छन। विस्तारै कामका बाधाहरू हट्नेछन्। नसोचेको ठाउँबाट धन प्राप्त होला। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नु होला। पशु र कृषिबाट सोचेको लाभ नहुन सक्छ। दिन सामान्य नै छ।
वृष- स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ। विलासितामा धन खर्च हुनेछ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला।
मिथुन- अर्थ अभावले काम रोकिने सम्भावना छ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।
कर्कट- काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्। दिगो आम्दानी हुने काम शुरु हुनेछ। प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ।
सिंह- कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले सताउला।
कन्या- आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ। सवारीमा सावधानी अपनाउनु होला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पुरानो रोगले पनि सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
तुला- दिगो फाइदा हुने काम शुरु गर्ने अवसर जुट्नेछ। पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनु होला। समय मध्यम छ।
वृश्चिक- प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ। आज आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु होला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
धनु- अरूले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। सहयोगीहरूको भर पर्दा सबै काम नबन्न सक्छन्। तर पनि, वित्तादि लाभ हुने देखिन्छ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
मकर- आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। आज छरछिमेकमा झैझगडा हुन सक्छ।
कुम्भ- आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ। परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ। व्यापार व्यवसायमा अपेक्षाकृत फाइदा हुने समय छ। काम बिग्रने डरले भने सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ।
मीन- आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ। मिहिनेतले अध्ययनमा प्रगति हुनेछ। सामान्यतया दिन राम्रै छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।