• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : अमेरिकामा आवासीय टावर ढल्दा १५६ मारिए


    Avatar photo
बुधबार, असार १०, २०८३ मा प्रकाशित

काठमाडौं- आज २४ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्‍व इतिहासका केही चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९०१- पाब्लो पिकासोको पहिलो प्रदर्शनी

विश्‍वविख्यात स्पेनिस कलाकार पाब्लो पिकासोले आजकै दिन पहिलो एकल प्रदर्शनी गरेका थिए। त्यतिबेला उनी १८ वर्षका मात्र थिए। फ्रान्सको राजधानी पेरिसस्थित एम्ब्रोइज भोलाडर्ड्स ग्यालरीमा प्रदर्शनी आयोजना गरिएको थियो। त्यतिबेला उनको कला प्रदर्शनी अवलोकन गर्न आएका समीक्षकहरूले पिकासोका कामहरूका बारेमा धेरै सोचेनन्। तथापि, भविष्‍यमा उनी विश्‍वविख्यात कलाकार बने।

– सन् १९४७- अमेरिकाको आकाशमा देखिए उडन तस्तरी

सन् १९४७ मा आजकै दिन अमेरिकाको राजधानी वासिङ्टन नजिकको माउन्ट रेनियरमाथि रहस्यमय उड्डयन गतिविधि देखिएको थियो। अमेरिकी व्यवसायी केनेथ अर्नोल्डले प्लेटजस्ता स-साना वस्तु उडिरहेको देखेका थिए। त्यसलाई ‘अनआइडेन्टिफाइड फ्लाङ अब्जेक्ट (यूएफओ)’ को पहिलो आधुनिक दृष्‍य मानियो। र, सोही समयदेखि त्यस्ता वस्तुलाई उडन तस्तरी नाम दिइयो।

– सन् १९८२- ब्रिटिस जम्बोजेट बच्यो दुर्घटनाबाट

सन् १९८२ मा आजकै दिन ब्रिटिस एयरवेजको बोइङ-७४७ विमान भयानक दुर्घटनाबाट बचेको थियो। विमानका चारवटै इन्जिन पूर्ण रूपमा फेल भएका थिए। माउन्ट ग्यालुङगङमा भएको ज्वालामुखी विष्‍फोटका कारण त्यसको ठ्याक्कै माथिबाट उडिरहेको विमानका इन्जिन पूर्ण रूपमा बन्द भए। तर, चालक दलका सदस्यहरूले चारवटै इन्जिन पुनः चलाउन सफलता पाए। र, विमान इन्डोनेसियाको राजधानी जाकार्ता विमानस्थलमा आकस्मिक अवतरण गराइयो।

– सन् २००२- तान्जानियाको भिषण रेल दुर्घटनामा २८१ को मृत्यु

अफ्रिकी मुलुक तान्जानियामा सन् २००२ मा भएको भिषण रेल दुर्घटनामा २८१ यात्रीले ज्यान गुमाएका थिए। रेलमा करिब १२ सय यात्री सवार थिए। ब्रेक फेल भएका कारण मसगाली नामक स्थान नजिक उक्त यात्रीवाहक रेल लिकबाट बाहिरिएर खोंचमा खसेको थियो।

– सन् २०१७- सर्वाधिक उचाइको फुटबल म्याच

सन् २०१७ मा आजकै दिन संसारकै हालसम्मको सर्वाधिक उचाइको महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। १८ हजार ७९९ फिटस्थित माउन्ट किलिमन्जोरोमा उक्त प्रतियोगिता आयोजना भएको थियो। माउन्ट किलिमन्जोर अफ्रिका महादेशको सर्वोच्च शिखर हो। र, यो तान्जानियामा पर्छ। उक्त प्रतियोगिता महिलाहरूको अन्तर्राष्‍ट्रीय फुटबल टिमले आयोजना गरेको थियो।

– सन् २०१९- रहस्यमय रोगबाट भारतमा १५२ बालबालिकाको मृत्यु

सन् २०१९ मा रहस्यमय रोगका कारण भारतको मुजफ्फरपुरमा १५२ बालबालिकाको ज्यान गएको थियो। रोगबाट ७१८ जना प्रभावित भएका थिए। त्यो कुन रोग थियो भन्‍ने अहिलेसम्म पत्ता लागेको छैन।

– सन् २०२१- अमेरिकामा आवासीय टावर ढल्दा १५६ मारिए

अमेरिकाको मियामी बिचस्थित सर्फसाइडमा आवासीय टावर ढल्दा १५६ जनाको ज्यान गएको थियो। तीमध्ये ९८ जनाको शव भग्‍नावशेषबाट निकाल्न सफलता मिल्यो। बाँकी ५८ जनालाई बेपत्ता घोषित गरियो। च्याम्पलेन टावर्सको दक्षिणी टावर राति डेढ बजे ढलेको थियो। त्यसमा सुतिरहेका मानिस त्यसमा पुरिएका थिए।

– सन् २०२४- अमेरिकामा विनाशकारी बाढी

सन् २०२४ मा अमेरिकाको मध्यपश्‍चिमी क्षेत्रमा विनाशकारी बाढी आएको थियो। त्यसबाट मिनेसोटा, आयोबा, साउथ डकोटा र नेब्रास्का राज्यहरू प्रभावित भएका थिए।

बुधबार, असार १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.