• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रासायनिक मलको विकल्पमा ढैँचा


    Avatar photo
मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

पाल्पा- माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थाल्नुभएको तीन वर्ष पुगेको छ ।

Advertisement

समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थाल्नुभएको हो । किसान विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताउनुभयो । उहाँले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैँचाले पूर्ति गर्ने भएकाले आफूले प्रयोग गर्दै आएको जानकारी दिनुभयो ।

माथागढी गाउँपालिका रुप्सेका किसान छवि थापाले पनि ढैँचा लगाएको खेत जोतेर धान रोपाइँ गर्दै हुनुहुन्छ । उहाँले रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल अर्थात् ढैँचा प्रयोग गर्दै आएको सुनाउनुभयो । ढैँचाबाट माटोको गुणस्तर सुध्रिन्छ भन्ने थाहा पाएपछि अन्नबाली लगाएका स्थानमा रासायनिक मल नछरेको उहाँले सुनाउनुभयो ।

“रासायनिक मलको विकल्पमा माटोका लागि ढैँचा लगाउँदै आएको छु”, उहाँले भन्नुभयो, “धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैँचाबाट पूरा हुँदोरहेछ ।”

पूर्वखोलाका पुराना किसान ईश्वरी खनालले पनि रासायनियक मलको सट्टा हरियो मल ढैँचा नै प्रयोग गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “आफ्नो हातपाखुरामा बल हुँदासम्म बोरामा आउने रासायानिक मलको प्रयोग गर्दिनँ, अहिलेसम्मै हरियो मलका भरमा धानखेती गर्दै आएको छु, यसबाट राम्रो उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “यो कुनै नयाँ प्रयोग होइन । बाबुबाजेले ढैँचा मलकै प्रयोग गरेर अन्नपात उब्जाउनुहुन्थ्यो । रासायनिक मलको प्रवेश भएपछि यो विधि हराउँदै गएको थियो । अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ ।”

बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचा बोटलाई खेत हिल्याउने क्रममै प्रयोग गरिन्छ । यसरी प्रयोग गरिएको ढैँचाको बोट चारदेखि सात दिनमा कुहिएर मल बन्दछ ।

विश्वकर्मा, थापा र खनालमात्रै होइन, पछिल्लो समय जिल्लाका माडी फाँट क्षेत्रमा पर्ने केसेनी, रुप्से, माडीपोखराथोक, मदनपोखरा, तिनाउ गाउँपालिकाको दोभान र झुम्साका किसानले रासायनिक मलको विकल्पमा हरियो मल ढैँचाको प्रयोग बढाएका छन् ।

रासायनिक मलको अभाव, माटोको उर्वराशक्ति संरक्षणको आवश्यकता तथा उत्पादन लागत घटाउने उद्देश्यले यहाँका किसान हरियो मलका रूपमा प्रयोग हुने ढैँचा खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

कृषि केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यादवका अनुसार ढैँचाखेतीले माटोमा जैविक पदार्थको मात्रा बढाउनुका साथै नाइट्रोजनको आपूर्ति गर्न मद्दत गर्छ भन्नुहुन्छ ।

ढैँचाखेतीले वातावरण संरक्षणमा योगदान पुर्याउने भएकाले यसको प्रयोग विस्तार गर्न आवश्यक रहेको छ । माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रालाई ठिक ठाउँमा ल्याउनसमेत ढैँचाले मद्दत गर्ने कृषि अर्थविज्ञ यादवले बताउनुभयो ।

धान रोपाइँअघि खेतमा ढैँचा लगाई केही समयपछि जोतेर माटोमा मिसाउँदा माटोको गुणस्तर सुधार हुने र बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने भएकाले किसानहरू सजिलै यसतर्फ आकर्षित भएका हुन् ।

दोभानका किसान शिशिर खनालका अनुसार रासायनिक मलको बढ्दो मूल्य र समयमै उपलब्ध नहुने समस्याका कारण वैकल्पिक उपायका रूपमा ढैँचाखेती प्रभावकारी बन्दै गएको छ । “ढैँचा प्रयोग गरेपछि माटो खुकुलो हुने र धानको उत्पादन राम्रो भएको अनुभव गरेका छौँ”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्राविधिकले माटो परीक्षण, ढैँचाखेतीको महत्वबारे किसानलाई प्रशिक्षण तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
झटारो : भाइरल बडका भलमन्सा !
विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त
राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने
सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

भर्खरै

  • १.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ४.
    विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

  • ५.
    राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ६.
    सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

  • ७.
    राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

  • ८.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.