• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

विश्‍व घटना : थाइल्यान्डमा एकै ठाउँबाट ९ करोड डलरको लागूऔषध बरामद


    Avatar photo
मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

काठमाडौं- आज २३ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८९४- अन्तर्राष्‍ट्रीय ओलम्पिक कमिटी स्थापना

सन् १८९४ मा आजकै दिन अन्तर्राष्‍ट्रीय ओलम्पिक कमिटी (आईओसी) स्थापना भएको थियो। आईओसी ओलम्पिक खेलहरूको मूल आयोजक हो। फ्रान्सेली शिक्षाविद पियरे डे कोबर्टिनको पहलमा आईओसी स्थापना भएको हो।

– सन् १९७४- अन्तरिक्षमा पहिलो मानव सन्देश

सन् १९७४ मा आजकै दिन अन्तरिक्षमा पहिलोपटक मानवको सन्देश पठाइएको थियो। ‘एरेसिबो’ नाम दिइएको उक्त सन्देश प्युर्टोरिकोमा एरेसिबो रेडियो दुरबिनको उत्सव मनाउने क्रममा पठाइएको थियो। खासमा त्यो एक छोटो रेडियो सन्देश थियो।

– सन् १९९२- इजरायलमा यित्ज्याक रबिनको पार्टीको विजय

सन् १९९२ मा आजकै दिन इजरायलमा यित्ज्याक रबिनको लेबर पार्टीले आम निर्वाचनमा विजय हासिल गरेको थियो। आम निर्वाचनलगत्तै रबिन इजरायलमा प्रधानमन्त्री बनेका थिए। उनले संघर्षरत प्यालेस्टिन लिबरेसन अर्गानाइजेसन (पीएलओ)सँग शान्ति सम्झौता गरेका थिए। सोही सम्झौताका कारण रबिन र पीएलओ नेता यासेर अराफातलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। त्यसको एक वर्षपछि एक यहुदी अतिवादीले गोली प्रहार गरी उनको हत्या गरेका थिए।

– सन् २०१६- युरोपियन युनियनबाट बाहिरिन बेलायतमा मतदान

सन् २०१६ मा आजकै दिन बेलायतमा युरोपियन युनियनबाट बाहिरिने निर्णय (ब्रेक्जिट)का लागि मतदान गराइएको थियो। त्यसमा आधाभन्दा बढी मतदाताले युरोपियन युनियनबाट बाहिरिनुपर्ने पक्षमा मतदान गरेका थिए। सोही कारण बेलायतले ब्रेक्जिटमा जाने निर्णय लिएको थियो। बेलायत सन् १९७३ देखि ईयू सदस्य राष्‍ट्र बनेको थियो।

– सन् २०२०- नक्कली लाइसेन्सधारी १२५ पाइलट ग्राउन्डेड

पाकिस्तानमा आजकै दिन १२५ जना पाइलटलाई ग्राउन्डेड गरिएको थियो। परीक्षामा चिट चोरेर तथा नक्कली लाइसेन्स लिएर पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका विमान उडाइरहेका उनीहरूलाई एक साथ ग्राउन्डेड गरिएको थियो।

– सन् २०२४- गर्मीमा १३ सय हाजीको मृत्यु

सन् २०२४ मा साउदी अरेबियामा हज गर्न गएका १ हजार ३०० मुस्लिम धर्मावलम्बीको अत्यधिक गर्मीका कारण ज्यान गएको थियो। त्यस वर्ष साउदी अरेबियामा ४६ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड भएको थियो। त्यस वर्ष संसारभरका १८ लाख ३० हजार धर्मावलम्बीले हज गरेका थिए।

– सन् २०२४- रुसमा मुस्लिम आतंकवादी आक्रमण

सन् २०२४ मा आजकै दिन रुसमा मुस्लिम अतिवादी समूहले आतंकवादी आक्रमण गरेको थियो। रुसको दागेस्तानमा प्रहरी चौकीहरू, चर्चहरू र एक प्रार्थना हलमा एकसाथ आक्रमण गरिएको थियो। त्यसमा परी २० जनाको ज्यान गएको थियो।

– सन् २०२५- थाइल्यान्डमा एकैपटक ९ करोड डलरको लागूऔषध बरामद

सन् २०२५ मा आजकै दिन थाइल्यान्डमा एकै स्थानबाट ९ करोड ८ लाख अमेरिकी डलर बराबरको लागूऔषधि बरामद भएको थियो। मकैको पीठोका नाममा लुकाएर राखिएको अवस्थामा मेथामफेटामाइन नामक लागूऔषध बरामद भएको थियो। बरामद गरिएको लागूऔषधको परिमाण २.४ मेट्रिक टन थियो।

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
झटारो : भाइरल बडका भलमन्सा !

भर्खरै

  • १.
    चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

  • २.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ७.
    विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

  • ८.
    राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.