धनुषा । जिल्लाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार अनिल कुमार यादवलाई २१० मतान्तरले हराउँदै कांग्रेसका राजेन्द्र प्रसाद यादव विजयी भए ।
Advertisement
राजेन्द्रले ४ हजार ३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्जन्दी निवर्तमान मेयर अनिलले ४ हजार ९४ मत पाए । यो नगरपालिका एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको गृह पालिका हो ।
यस नगरपालिकामा एमालेले एउटा वडा पनि जित्न सकेन् । महासेठ र उनकी पत्नी एमाले नेतृ जुली महतोले मतदान गरेको वडा नम्बर ९ समेत एमाले पराजित भएको हो ।