• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’


    Avatar photo
आइतबार, असार ०७, २०८३ मा प्रकाशित

तनहुँ- तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ । खेलकुद विकास समिति मातहत तनहुँ तथा सार्वजनिक जग्गामा रहेका खेलमैदान पर्याप्त रूपमा व्यवस्थित हुन नसक्दा खेलाडी, प्रशिक्षक र खेलकुद संस्थाहरूले विभिन्न समस्या भोग्दै आएका छन् ।

Advertisement

जिल्लामा खेलकुदको आकर्षण बढ्दै गएपनि सोअनुसारको भौतिक पूर्वाधार विकास हुन नसकेको गुनासो जनमासबाट आइरहेको छ । स्थानीयस्तरबाट जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्नुपर्ने अवस्थामा समेत खेलमैदानको स्तरोन्नति हुन नसक्दा खेलकुदका गतिविधि प्रभावित बन्दै गएका हुन् ।

जिल्लास्थित खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सदरमुकाम दमौलीसहित जिल्लाका विभिन्न स्थानमा रहेका खेलमैदान व्यवस्थित नहुँदा खेल सञ्चालन र प्रतियोगिता व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार खेलकुद पूर्वाधारका लागि आवश्यक बजेटको अभावका कारण रहेका मैदानहरूको स्तरोन्नति तथा संरक्षण कार्य प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

“खेलकुद गतिविधि सञ्चालनका लागि आधारभूत पूर्वाधार आवश्यक हुन्छ । तर जिल्लामा भएका अधिकांश खेलमैदान पर्याप्त रूपमा व्यवस्थित छैनन्”, अध्यक्ष पाण्डेले भन्नुभयो, “पूर्वाधार विस्तार र मर्मतसम्भारका लागि पर्याप्त बजेट नहुँदा खेलकुद क्षेत्रले अपेक्षित गति लिन सकेको छैन ।”

उहाँका अनुसार खेलकुद विकास समिति तनहुँ मातहत व्यास नगरपालिका-३ स्थित बीपी वनवाटिकामा करिब ४० रोपनी क्षेत्रफलमा दमौली सेमिकभर्ड हल तथा खेलकुद मैदान छन् । जिल्लाको मुख्य खेलकुद केन्द्रका रूपमा रहेको उक्त मैदानमा विभिन्न खेल गतिविधि सञ्चालन हुँदै आए पनि आवश्यक पूर्वाधार थप गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी व्यास नगरपालिका-५ मा १३ रोपनी पाँच आना क्षेत्रफलमा रहेको चिन्तुटार खेलमैदान, भानु नगरपालिका-६ मा रहेको नावरुङ खेलमैदान तथा भानु नगरपालिका-८ मा रहेको काउरेटार खेलमैदान पनि खेलकुद विकास समिति मातहत रहेका प्रमुख खेलस्थल हुन् । तर, ती मैदानमा पनि आवश्यक स्तरोन्नति, संरक्षण, घेराबार, दर्शक बस्ने स्थान, शौचालय तथा अन्य आधारभूत सुविधाको अभाव रहेको पाण्डेले बताउनुभयो ।

अध्यक्ष पाण्डेका अनुसार जिल्लामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्सलगायत खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ । खेल अभ्यासका लागि उपयुक्त मैदानको अभाव हुँदा खेलाडीहरूले पर्याप्त प्रशिक्षणको अवसर पाउन सकेका छैनन् । कतिपय स्थानमा वर्षायाममा मैदान हिलाम्मे हुने र हिउँदमा धुलाम्मे हुने समस्या पनि रहेको स्थानीय खेलाडी बताउँछन् ।

पाण्डेका अनुसार कुनै प्रतियोगिता आयोजना गर्नुपरेमा हाल उपलब्ध मैदानमा सामान्य मर्मत गरी जेनतेन कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ । “जिल्लास्तरीय वा प्रदेशस्तरीय प्रतियोगिता गर्नुपर्दा मैदानको अवस्था सुधार गर्न अस्थायी तयारी गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “स्थायी रूपमा व्यवस्थित खेलमैदान निर्माण र स्तरोन्नति गर्न सके खेलकुद गतिविधि अझ प्रभावकारी बन्न सक्छ ।”

खेलकुदलाई युवाको शारीरिक तथा मानसिक विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा लिँदै स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले खेल पूर्वाधार विकासमा पर्याप्त लगानी गर्नुपर्ने खेलप्रेमी कविराज श्रेष्ठले बताउनुभयो । व्यवस्थित खेलमैदान निर्माण तथा संरक्षण गर्न सके जिल्लामा खेलकुद गतिविधि विस्तार हुनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।

तनहुँमा रहेका खेलमैदानको स्तरोन्नति, नयाँ पूर्वाधार निर्माण तथा खेलकुद गतिविधिलाई निरन्तरता दिन पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्ने बास्केटबल प्रशिक्षक कृष्णकुमार श्रेष्ठले बताउनुभयो । व्यास-११ मा एक सय ५० रोपनी क्षेत्रफलमा कोलढुङ्गा क्रिकेट मैदान, व्यास-१ मा २५ रोपनी क्षेत्रफलमा निर्मल मावि खेलमैदान तथा बास्केटबल कोर्ट, व्यास-५ मा ३० रोपनी क्षेत्रफलमा पाटन खेलमैदान, व्यास-६ मा ३५ रोपनी क्षेत्रफलमा शिशाघाट खेलमैदान छन् ।

त्यस्तै, भानु-१ मा ४० रोपनी क्षेत्रफलमा भन्सार खेलमैदान, भानु-३ मा १५ रोपनी क्षेत्रफलमा भन्सार खेलमैदान, भानु-२ मा ३० रोपनी क्षेत्रफलमा गोठेरीचौर खेलमैदान, भानु-४ मा ५० रोपनी क्षेत्रफलमा आमखोला खेलमैदान, भानु-५ मा दुई सय रोपनी क्षेत्रफलमा ओक्लाङ खेलमैदान, भानु-१३ मा १५ रोपनी क्षेत्रफलमा रतनपुर अर्चले खेलमैदान रहेका खेलकुद विकास समितिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्दीपुर गाउँपालिका-२ मा १५ रोपनीमा भूमस्र्य खेलमैदान, बन्दीपुर-१ मा १२ रोपनीमा बन्दीपुरछाप खेलमैदान, आँबुखैरेनी गाउँपालिका-२ मा ९२ रोपनीमा आँबुखैरेनी रङ्शाला, देवघाट गाउँपालिका-१ मा एक सय रोपनीमा कोटा रङ्गशाला, देवघाट-२ मा ५० रोपनीमा खाल्टे रङ्गशाला, देवघाट-५ मा १५ रोपनीमा भुजन खेलमैदान, म्याग्दे गाउँपालिका-७ मा ६५ रोपनीमा म्याग्दे खेलमैदान, म्याग्दे-५ मा ७५ रोपनीमा छाङपाटन खेलमैदान, म्याग्दे-३ मा ६० रोपनीमा जामुनेटार खेलमैदान, घिरिङ गाउँपालिका-३ मा १० रोपनीमा पोखरीछाप खेलमैदान, घिरिङ-१ मा २० रोपनीमा पुट्टार खेलमैदान छन् ।

यसैगरी घिरिङ-४ मा गड्यौलीटार खेलमैदान, ऋषिङ गाउँपालिका-१ मा झापुटार खेलमैदान, ऋषिङ-६ मा चालिसे खेलमैदान, भिमाद नगरपालिका-६ मा भिमाद रङ्गशाला, भिमाद-९ मा मदन आश्रित खेलकुद मैदान, शुक्लागण्डकी नगरपालिका-५ मा बेलचौतारा खेलमैदान, शुक्लागण्डकी–८ मा नगरस्तरीय खेलमैदान, शुक्लागण्डकी-९ मा एक सय २० रोपनीमा तालबेँसी खेलमैदान रहेका खेलकुद विकास समितिले जनाएको छ ।

आइतबार, असार ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
झटारो : भाइरल बडका भलमन्सा !

भर्खरै

  • १.
    नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • २.
    चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    झटारो : भाइरल बडका भलमन्सा !

  • ७.
    विश्‍व घटना : रोजगारी दिन नसकेकी श्रम विभाग प्रमुख बर्खास्त

  • ८.
    राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.