• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

नारायणगढ–मुग्लिन सडक सञ्चालन

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

जाग्यो बसपार्क बन्ने आशा


    Avatar photo
बिहिबार, असार ०४, २०८३ मा प्रकाशित

गण्डकी- पोखरा बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा मिचेर बनाइएका संरचना हटाउन थालेको हो ।

Advertisement

आधुनिक पोखरा बसपार्क निर्माणका लागि पोखरा उपत्यका नगर विकास समितिले पाँच दशकअघि उक्त जग्गा अधिग्रहण गरेको थियो । यसअघि महानगर र नगर विकास समितिले अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार खाली भएका घरटहरा र पसल हटाउन सुरु गरिएको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो ।

“संरचना हटाएर बसपार्कको जग्गा खाली गर्ने र एकिन गर्ने काम सुरु भएको छ”, उहाँले भन्नुभयो, “जग्गाधनीको पनि कित्ता एकिन गरी व्यवस्थापन गर्छौँ ।”

बसपार्कका लागि २०३२ सालमा नगर विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेकामा अतिक्रमण गरी जथाभावी संरचना बन्न थालेपछि बसपार्कको खाली जग्गा २६ रोपनीमा मात्र सीमित भएको थियो । बसपार्कको उत्तरपट्टिका जग्गाधनीले संरचना हटाउने महानगरको तयारीविरुद्ध उच्च अदालत पोखरामा रिटसमेत दायर गरेका थिए । गत जेठ २५ गते महानगरसँग भएको सहमतिपछि जग्गाधनीले मुद्दा फिर्ता लिने र बसपार्क निर्माणमा सहजीकरण गर्ने निर्णय गरेका थिए । त्यसपछि बसपार्क क्षेत्रका अधिकांश व्यवसायी तथा घरधनीले आफ्ना संरचना खाली गरेका थिए ।

पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत अधिकांश संरचना खाली भइसकेका वडाध्यक्ष मर्सानीले बताउनुभयो । बसपार्कको भित्री जग्गामा बनेका संरचना पनि खाली भएपछि महानगरले डोजर चलाएको उहाँको भनाइ छ । बसपार्कको जग्गामा बसोबास गर्दै आएका भूमिहीन दलित र सुकुम्वासी परिवारलाई भने अन्यत्र जग्गा व्यवस्थापन भएपछि मात्र त्यहाँबाट स्थानान्तरण गर्ने महानगरको योजना छ ।

बसपार्कको जग्गामा ५७२ भूमिहीन दलित र सुकुम्वासी परिवारको बसोबास छ । क्षेत्रमा पोखरा विमानस्थल निर्माणका क्रममा विस्थापित भएका परिवारसमेत बसपार्कको जग्गामा बस्दै आएका छन् । जग्गा अधिग्रहणका बेला सट्टा जग्गा लिएका पनि बसपार्क क्षेत्रमा छन् । बसपार्कभित्र बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको टोल सहजीकरण समितिका संयोजक असिम तामाङले सुकुम्बासीको उचित व्यवस्थापन भएमा आफू बसपार्कको जग्गा छोड्न तयार भएको बताउनुभयो ।

महानगरले बसपार्कका सुकुम्बासी परिवारको स्थानान्तरणका लागि समिति गठन गरेर जग्गाको खोजी तथा पहिचान गर्ने काम सुरु गरिसकेको छ । पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले महानगरका विभिन्न ६ स्थानमा जग्गा एकीन गरी महानगरलाई सिफारिस गरेको थियो । समितिले पेश गरेका केही जग्गामा प्राविधिक जटिलता देखिएकाले थप अध्ययन, परीक्षण तथा सिफारिसका लागि प्राविधिक समिति गठन गरी सो समितिलाई १० दिनको म्याद थप गरिएको महानगरले जनाएको छ ।

जग्गाको ‘प्लट’ निर्माणका लागि पनि प्राविधिक समिति बनाएर काम थालिएको छ । बसपार्क क्षेत्रमा लालपुर्जा भएका जग्गाधनीको वितरण प्रक्रिया तथा क्षेत्रफल एकिन गरी सिफारिस गर्न गठित न्यायिक निरूपण समितिले छानबिन र अध्ययनको काम गरिरहेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । सुकुम्बासी परिवारको व्यवस्थापन तथा उचित पुनस्र्थापनाको सुनिश्चिततासहित आवश्यक प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ ।

“उत्तरतर्फबाट बसपार्कको जग्गा खाली गर्ने र व्यवस्थापन गर्ने काम सुरु भएको छ”, प्रमुख आचार्यले भन्नुभयो, “हामी सबैको साझा लक्ष्य आधुनिक र व्यवस्थित पोखरा बसपार्क निर्माण गर्नु हो, यसमा सबै पक्षको सहयोग रहनेमा महानगर विश्वस्त छ ।”

बसपार्क समस्या सहजीकरण समितिसँगको समन्वय र सहकार्यमा संरचना हटाउने काम भइरहेको उहाँको भनाइ छ । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादकोसमेत छानबिन गर्ने काम भइरहेको प्रमुख आचार्यले बताउनुभयो ।

पोखरा उपत्यका नगर विकास समितिले सुरुमा अधिग्रहण गरेको २०५ रोपनीमध्ये पृथ्वी राजमार्गको निर्माणपछि कायम भएको १८७ रोपनी जग्गामै बसपार्क बनाउनुपर्ने माग उठ्दै आएको छ । समयमा बसपार्क नबन्दा अधिग्रहण गरिएको जग्गा अतिक्रमण परेको थियो । अतिक्रमति संरचना हटाउन थालिएपछि आधुनिक पोखरा बसपार्क निर्माणको योजना अगाडि बढ्नेमा आशा जागेको छ ।

महानगरपालिकाले बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै दातृ निकायमार्फत आवश्यक बजेट सुनिश्चित गरेको छ । पर्यटनका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको पोखरामा स्तरीय बसपार्क बन्न नसकेकामा यातायात र पर्यटन व्यवसायीको दुःखेसो छ । बसपार्क नबन्दा ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

भर्खरै

  • १.
    सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • २.
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • ३.
    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

  • ४.
    ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

  • ५.
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

  • ६.
    माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

  • ७.
    नारायणगढ–मुग्लिन सडक सञ्चालन

  • ८.
    इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.