• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला


    Avatar photo
सोमबार, असार ०१, २०८३ मा प्रकाशित

बागलुङ- काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन् ।

Advertisement

बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन् । गत असोजमा बेँसी झरेका गोठाला वस्तुभाउ लिएर बुकीपाटन उक्लिन थालेका हुन् । एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै घाँस पुर्याउन नसक्ने हुँदा उनीहरू हिउँद बर्खा लेक–बेँसी गरेर पशुपालन गर्दै आएका छन् ।

जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला, गलकोटलगायत स्थानबाट गोठाला आफ्ना वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । पश्चिम बागलुङका अधिकांश किसान पशुपालनमा आबद्ध छन् । कतिपय गोठाला जेठ दोस्रो साता नै बुकीपाटन उक्लिसके भने धेरैजसो यतिबेला खर्च बोकेर लेक उक्लिन थालेका छन् । अहिले बुकीपाटन उक्लिने गोठाला अब चार महिनापछि मात्रै गाउँ (बेँसी) झर्छन् ।

बर्खाभरि लेकमा बस्ने गोठलाले असोजसम्म पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् । समुद्री सतहदेखि तीन हजारदेखि चार हजार ८०० मिटरको उचाइसम्मको चरन क्षेत्रमा गोठाला पुग्छन् । बुकीपाटनमा वस्तुभाउका लागि पर्याप्त घाँस पाइने हुँदा महिनाँै उतै बिताउने गर्छन् । लेकमा टेलिफोन र विद्युत्को सुविधा नहुँदा उनीहरूको लामो समय परिवारसँग फोन सम्पर्कसमेत हुँदैन । असारदेखि असोजको बीचमा बिरामी परेमा, खर्च सकिएमा र अन्य कुनै आकस्मिक घटना भएमात्रै बेँसी झर्छन् ।

गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला र ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा, स्यार्चुङलगायत अग्ला पहाडी क्षेत्रमा पुग्छन् । बेँसीका बारीमा खेतीपाती गरिसकेपछि लेक उक्लिन थालेको निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरले बताउनुभयो । अब दसैँ मनाउनका लागि मात्रै गाउँ झर्ने उहाँको भनाइ छ ।

घर्ती मगरले भन्नुभयो, “यतिका सम्पत्ति (वस्तुभाउ) एकै ठाउँमा राखेर पाल्न सकिँदैन, यिनीहरूलाई ठाउँठाउँमा घुमाएर चराउन पर्छ, बेँसीमा गर्मी हुन्छ, लेकमा यतिबेला शीतल छ, घाँस पनि पलाइसकेको हुँदा चरनका लागि सजिलो हुन्छ, एक डेढ महिना एक ठाउँ बस्छौँ, त्यसपछि फेरि अर्को ठाउँमा सर्नुपर्छ ।”

लेकमा बस्दा किसानले पशुपालनमात्रै गर्दैनन् । उनीहरूले काठका भाँडाकुँडा, चायोका सामग्री बनाउने गर्छन् । लेकमा उत्पादन भएका वस्तु बेँसी झरेपछि बिक्री गर्छन् । तमानखोला गाउँपालिका–५ का किसान शेरबहादुर सिर्पाली अघिल्लो वर्ष जेठको तेस्रो साता बुकीपाटन पुग्नुभएको थियो । यसपालि बाली लगाउन ढिला हुँदा बल्ल बुकीपाटनका यात्रा गरेको बताउनुभयो । आफ्ना छिमेकी एक साता अगाडि नै लेक उक्लिएको उहाँको भनाइ छ ।

“म पनि यतिबेला लेकमा पुगिसक्थेँ, घरमा जहान (श्रीमती) बिरामी छ, बारीमा बालीनाली लगाउनुपर्ने, त्यसले गर्दा एक साता ढिला भयो”, उहाँले भन्नुभयो, “एक महिनापछि फेरि बेँसी झर्ने काम छ, बेँसी झर्दा लेकमा साथीहरू हुन्छन्, उनीहरूलाई दुईचार दिन पशुको जिम्मा लगाएर झर्नु पर्ला, अबको दुई दिनमा म बुकीपाटन पुगिसक्छु ।”

ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्रै नभई रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानले भेडा लिएर चरनका लागि आउने गर्छन् । ढोरपाटन नगरपालिका–६ का पुनराम अदै भने बुकीपाटन पुगिसक्नुभयो । अदै जेठ २३ गते नै ढोरपाटन हुँदै बुकीपाटन पुगेको बताउनुभयो । जेठ २० गते शुभ बार पारेर लेक उक्लिएको उहाँको भनाइ छ । लेकमा घाँस पलाइसकेको हुँदा अबको एक सातामा बेँसीमा रहेका सबै गोठाला उक्लिसक्ने अदै बताउनुहुन्छ ।

अदैले भन्नुभयो, “हामी यसरी लेक बेँसी गर्न थालेको तीन÷चार दशक बितिसक्यो, पढाइलेखाइ पनि भएन, देशविदेश पनि गइएन, यही वस्तुभाउ हेर्ने ज्यान पालन गर्नेबाहेक अरु केही गर्न सकिएन, बर्खाभरि लेकमै बस्छौँ, अब असोज लागेपछि बल्ल बेँसी झर्ने हो, अहिले गोठालाहरूले बुकीपाटन भरिन थाल्यो, अबको केही दिनमा भरिभराउ हुन्छ ।”

सोमबार, असार ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते
चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

भर्खरै

  • १.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • २.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ३.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ४.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ५.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ६.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ७.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

  • ८.
    सुनचाँदीको मूल्य घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.