काठमाडौं- आज १४ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्व चर्चित केही घटनाको सारसंक्षेप।
– सन् १९१९- पहिलो नन्-स्टप ट्रान्स-एटलान्टिक उडान
सन् १९१९ मा आजकै दिन एल्कोक र ब्राउन नामका दुई ब्रिटिस एभिएटर्सले ट्रान्स-एटलान्टिक नन्-स्टप उडान शुरु गरेका थिए। उनीहरूले न्युफाउन्डल्यान्डको सेन्ट जोन्सबाट आफ्नो यात्रा शुरु गरे। र, १६ घण्टाभन्दा कम समयमा आयरल्यान्डको गाल्वे पुगे। त्यसको एक महिनाअघि पनि अल्बर्ट कुसिङले ट्रान्स-एटलान्टिक उडान गरेका थिए। तर, उनको उडानमा अजोरेस द्विप समूहमा एक स्टप लिएका थिए।
– सन् १९४०- पेरिसमा बेलायती सेनाको कब्जा
सन् १९४० मा आजकै दिन बेलायती सेनाले फ्रान्सको राजधानी पेरिसमाथि कब्जा गरेको थियो। पेरिसको त्यस पतनले पश्चिमी मोर्चामा जर्मनीको हमलाको अन्त्य गरिदियो। कोन्पिएग्ने युद्धविरामपछि फ्रान्सको ठूलो हिस्सामाथि बेलायतको कब्जा भएको घोषणा गरिएको थियो। त्यसको चार वर्ष पछिसम्म पेरिससहित फ्रान्सका ती भूभाग बेलायती नियन्त्रणमा रहे।
– सन् १९४९- अन्तरिक्षमा पुग्ने पहिलो बाँदर
सन् १९४९ मा आजकै दिन ‘अल्बर्ट द्वितीय’ नाम दिइएको बाँदरलाई पहिलोपटक अन्तरिक्षमा पुर्याइएको थियो। उक्त बाँदर ती कैयौं जनावरमध्ये एक हो, जसलाई अन्तरिक्षमा मानिसको बसोबासको परीक्षणका क्रममा पठाइएको थियो। उक्त बाँदर पृथ्वीबाट १३४ किलोमिटर उचाइसम्म पुग्दा पनि जीवित रह्यो। तर, धर्तिमा फर्किने क्रममा प्यारासुटको विफलताका कारण मर्यो।
– सन् १९८२- फकल्यान्ड युद्ध अन्त्य
सन् १९८२ मा आजकै दिन फकल्यान्डको युद्ध अन्त्य भएको थियो। हाल अर्जेन्टिनामा पर्ने उक्त टापुमा ७४ दिनसम्म लडाईं चलेको थियो। त्यसक्रममा टापुको राजधानी स्ट्यान्लेमाथि बेलायती सेनाले कब्जा गरेको थियो। अर्जेन्टिनाको सेनाले आत्मसमर्पण गरेपछि उक्त टापु बेलायतको नियन्त्रणमा पुगेको थियो।
– सन् २००२- पृथ्वीको निकटबाट बाहिरियो विशाल क्षुद्र ग्रह
सन् २००२ मा आजकै दिन एक विशाल क्षुद्र ग्रह पृथ्वीको निकटबाट गुज्रिएको थियो। ‘२००२ एमएन’ नाम दिइएको उक्त क्षुद्र ग्रहको पिण्ड ७३ मिटर मापन गरिएको थियो। चन्द्रमाभन्दा ३ गुणा अधिक निकटबाट उक्त पिण्ड बाहिरिएको थियो।
– सन् २०१३- केदारनाथको भिषण बाढीमा १० हजारको मृत्यु
भारतको उत्तराखण्डमा सन् २०१३ मा आजकै दिन आएको भिषण बाढीमा परी १० हजारभन्दा बढीको ज्यान गएको थियो। यस दिन दिउँसो भएको भिषण वर्षापछि बाढी आएको थियो। यसलाई ‘केदारनाथ बाढी’का नाममा पनि चिनिन्छ। वर्षापछि झरेको पहिरोले नदीहरूको बहाव अवरुद्ध गरिदियो। सोही दिन भारतका हिमाचल, हरियाणा, दिल्ली र उत्तरप्रदेशमा पनि भिषण वर्षा भएको थियो। चीनको तिब्बतका केही भाग र नेपालको पश्चिमी इलाकामा पनि मुसलधारे वर्षा भएको थियो।
– सन् २०१७- लन्डन टावर आगलागीमा ७९ को मृत्यु
बेलायतको राजधानी लन्डनस्थित ग्रेनफेल टावर ब्लकमा आजकै दिन आगलागी हुँदा ७९ जनाको मृत्यु भएको थियो। त्यस घटनामा अन्य ३७ जना घाइते भएका थिए।
– सन् २०२३- शनिको चन्द्रमामा जीवनको खोजी
सन् २०२३ मा आजकै दिन वैज्ञानिकहरूले शनि ग्रहको चन्द्रमा जीवनको सम्भावना हुन सक्ने बताएका थिए। शनिको चन्द्रमा एन्सेलाडसमा फस्फेट पत्ता लागेको थियो। जीवनको लागि आवश्यक अन्तिम सामग्रीहरू (अन्य कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन र सल्फर) त्यहाँ फेला परेका थिए, जसले गर्दा अन्य ग्रहहरूमा जीवनको सम्भावना बढेको थियो।
– सन् २०२३- होमो सेपियन्सको ८६ हजार वर्ष पुरानो अवशेष
सन् २०२३ मा आजकै दिन वैज्ञानिकहरूले मानिसको पुर्खा होमो सेपियन्सको ८६ हजार वर्ष पुरानो अवशेष फेला पारेका थिए। दक्षिण-पूर्वी एसियाली मुलुक लाओसको ताम पा लिंग (बाँदरहरूको गुफा) मा भेटिएका ८६ हजार वर्ष पुराना जीवाश्म हड्डीहरू आधुनिक मानव (होमो सेपियन्स) को सबैभन्दा पुराना ज्ञात उदाहरण हुन्।
– सन् २०२३- ग्रिसमा डुंगा डुब्दा गयो ७९ को ज्यान
सन् २०२३ मा आजकै दिन ग्रिसको तटीय क्षेत्रमा एक फिसिङ बोट समुद्रमा डुब्दा ७९ जनाको मृत्यु भएको थियो। क्षमताभन्दा अधिक शरणार्थी र आप्रवासीहरू सवार डुंगा तटीय क्षेत्रमा डुबेको थियो। त्यसमा सवार १०४ जनालाई जीवितै उद्धार गरिएको थियो। घटनामा मृत्यु हुनेको संख्या सयौं हुन सक्ने अनुमान छ।
– सन् २०२५- अमेरिकामा ट्रम्पविरुद्ध ‘नो किङ्स’ प्रोटेस्ट
सन् २०२५ मा आजकै दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको मनमौजी शासनविरुद्ध अमेरिकाका ५० वटै राज्यमा ‘नो किङ्स’ प्रोटेस्ट भएको थियो। सोही दिन राजधानी वासिङ्टन डीसीमा अमेरिकी सेनाको परेड आयोजना गरिएको थियो। त्यही अवसर पारेर अमेरिकी नागरिकहरूले देशभर ट्रम्पको मनपरीतन्त्रको विरोध गरेका थिए।