• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : कम्बोडियामा विश्‍वकै ठूलो फ्रेस वाटर फिस


    Avatar photo
शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित

काठमाडौं- आज १३ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर याद दिलाउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् २०००- दक्षिण र उत्तरकोरियाबीच संवाद

सन् २००० मा आजकै दिन दक्षिण र उत्तर कोरियाका अधिकारीहरूले ऐतिहासिक संवाद गरेका थिए। दक्षिण कोरियाका तत्कालीन राष्‍ट्रपति किम दाए-जुङले उक्त संवादको पहल गरेका थिए। आफ्नो ‘सूर्योदय नीति’ लागू गराएका राष्‍ट्रपति किमलाई सन् २००० को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उक्त शिखर वार्तामा राष्‍ट्रपति किम र उत्तर कोरियाका नेता स्वर्गीय किम जोङ इल सहभागी भएका थिए।

– सन् २००२- एन्टी-ब्यालिस्टिक मिसाइल सन्धि फिर्ता लियो अमेरिकाले

सन् २००२ मा आजकै दिन अमेरिकाले एन्टी-ब्यालिस्टिक मिसाइल सन्धि फिर्ता लिएको थियो। तत्कालीन सोभियत संघ र अमेरिकाबीच सन् १९७२ मा उक्त सन्धि भएको थियो। सन्धिबाट अमेरिका पछाडि हटेका कारण भविष्‍यमा परमाणु युद्धको खतरा बढेको विज्ञहरूले बताएका थिए।

– सन् २०१८- अन्टार्कटिकाको हिउँ पग्लिने क्रम तीव्र

सन् २०१८ मा आजकै दिन वैज्ञानिकहरू अन्टार्कटिकाको हिउँ पग्लिने क्रम तीव्र गतिमा रहेको खुलासा गरेका थिए। बर्सेनि २ खर्ब टन हिउँ पग्लिएर पानी बनिरहेको वैज्ञानिकहरूको दाबी थियो। २५ वर्षयता ३ ट्रिलियन टन हिउँ पग्लिसकेको उनीहरूले बताएका थिए।

– सन् २०१९- स्कटिस क्रेनोग्सको सभ्यता सोचेभन्दा पुरानो

सन् २०१९ मा वैज्ञानिकहरू स्कटिस क्रेनोग्स सभ्यता हालसम्म मानिसले सोचेभन्दा पुरानो रहेको पत्ता लगाएका थिए। तालहरूमा मानव निर्मित किल्लाहरू बनाएर बस्‍ने ती मानिसहरू ३६४० देखि ३३६० बिफोर क्राइस्टमा धर्तिमा उपस्थित रहेको पुरातत्त्वविदहरूले बताएका थिए। रेडियोकार्बनको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको थियो।

– सन् २०२२- विश्‍वकै ठूलो फ्रेस वाटर फिस

सन् २०२२ मा शोधकर्ताहरूले कम्बोडियामा हालसम्मको विश्‍वकै ठूलो फ्रेसवाटर माछा फेला पारेको बताएका थिए। मेकङ नदीमा भेटिएको उक्त माछा ३.९८ मिटर लम्बाइ र २.२ मिटर चौडाइको थियो।

– सन् २०२३- डोनाल्ड ट्रम्पमाथि फौजदारी कसूर

सन् २०२३ मा आजकै दिन पूर्व अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पमाथि संघीय फौजदारी कसूरमा मुद्दा चलाइएको थियो। उनी संघीय फौजदारी कसूरमा मुद्दा चलाइएका पहिलो पूर्व राष्‍ट्रपति हुन्। उनलाई मियामीस्थित अदालतमा उपस्थित गराइएको थियो। उनले आफू निर्दोष भएको दाबी गरेका थिए। वर्गीकृत कागजातहरूको दुरुपयोग गरिएको अभियोगमा उनीमाथि ३७ वटा मुद्दा चलाइएको थियो।

– सन् २०२५- इरानमा इजरायली आक्रमण, मारिए वरिष्‍ठ अधिकारी

सन् २०२५ मा आजकै दिन इजरायलले इरानमाथि अन्धाधुन्द आक्रमण गरेको थियो। दर्जनौंपटक गरिएको हवाई हमलाको उद्देश्य इरानका परमाणु केन्द्रहरू ध्वस्त बनाउनु थियो। त्यस क्रममा इरानका वरिष्‍ठ सैनिक कमान्डरहरू र वैज्ञानिकहरूको ज्यान गएको थियो।

शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.