• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

युनलाई थप ३० वर्ष जेल सजाय


    Avatar photo
शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ३० वर्षको जेल सजाय सुनाइएको छ । यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो ।

Advertisement

सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । तर अदालतले यसअघि डिसेम्बर २०२४ मा अल्पकालीन मार्सल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो ।

यो मुद्दाको आधार सन् २०२४ को अक्टोबरमा उत्तर कोरियाले लगाएको आरोप बनेको थियो । प्योङयाङले दक्षिण कोरियाले तीन पटक ड्रोन उडाएर आफ्नो राजधानीमाथि प्रचार सामग्री खसालेको दाबी गरेको थियो । त्यसबेला तत्कालीन रक्षामन्त्री किम योङ ह्युनले रक्षा मन्त्रालयले उक्त आरोपको पुष्टि वा खण्डन गर्न नसक्ने प्रतिक्रिया दिनुभएको थियो । घटनापछि दुई कोरियाबीचको तनाव तीव्र बने पनि प्रत्यक्ष सैन्य झडप भने भएको थिएन ।

विशेष अभियोजक चो युन–सुकको नेतृत्वमा भएको अनुसन्धानले युनले राजनीतिक विरोधीहरूलाई कमजोर पार्न र सत्ता आफ्नो नियन्त्रणमा केन्द्रित गर्न उत्तर र दक्षिण कोरियाबीच युद्धको वातावरण सिर्जना गर्ने प्रयास गरेको निष्कर्ष निकालेको थियो । अभियोजन पक्षले युनले अधिनायकवादी शैलीमा शक्ति विस्तार गर्ने योजनाअन्तर्गत ड्रोन अभियान सञ्चालन गराएको आरोप लगाएको थियो । यस्तै, मार्सल लको योजना बनाउन र सेना परिचालन गर्न सहयोग गरेको आरोपमा किम योङ ह्युनलाई पनि जिम्मेवार ठहर गरिएको छ ।

अभियोजन पक्षले युनका लागि ३० वर्ष र किमका लागि २५ वर्ष जेल सजायको माग गरेको थियो । अदालतले युनमाथि ३० वर्षको सजाय सुनाएको छ भने किमसम्बन्धी विस्तृत निर्णय सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।

युनका कानूनी प्रतिनिधिहरूले भने फैसलाको आलोचना गरेका छन् । उनीहरूको भनाइमा ड्रोन उडान उत्तर कोरियाले सन् २०२४ को सुरुआतमा दक्षिण कोरियातर्फ हजारौँ फोहोर बोक्ने बेलुन पठाएको घटनाको प्रतिक्रिया थियो । उनीहरूले यस्तो निर्णयले दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा चासोलाई कमजोर पार्ने तर्क गरेका छन् । यद्यपि उनीहरूले फैसलाविरुद्ध अपिल गर्ने वा नगर्ने विषयमा तत्काल कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।

युनले डिसेम्बर ३, २०२४ को राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै मार्सल ल घोषणा गर्नुभएको थियो । त्यस क्रममा उहाँले विपक्षी उदारवादी सांसदहरूलाई उत्तर कोरियाप्रति सहानुभूति राख्ने ‘राज्यविरोधी शक्ति’ को संज्ञा दिनुभएको थियो । उहाँले विपक्षी दलले वरिष्ठ सरकारी अधिकारीहरूलाई महाभियोग लगाएको र सरकारको बजेट विधेयकमा कटौती गरेको विषयलाई आफ्नो कदमको प्रमुख कारणका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

तर मार्सल ल केवल करिब छ घण्टामात्र कायम रह्यो । सैनिक र प्रहरीको घेराबन्दी तोड्दै सांसदहरू राष्ट्रिय सभामा प्रवेश गरेका थिए र उक्त निर्णय खारेज गर्ने पक्षमा मतदान गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् मार्सल ल फिर्ता लिन बाध्य भएको थियो ।

घटनापछि युनलाई तत्काल पदबाट निलम्बन गरिएको थियो । त्यसपछि संसद्बाट महाभियोग पारित भयो र संवैधानिक अदालतले उहाँलाई औपचारिक रूपमा पदमुक्त गरेको थियो । जुलाई २०२५ मा पक्राउ परेका युनविरुद्ध हाल पनि विभिन्न आपराधिक मुद्दाहरू विचाराधीन छन् ।

युनमाथिको विद्रोहसम्बन्धी सबैभन्दा गम्भीर मुद्दाको फैसला दुवै पक्षले चुनौती दिएका छन् । युन पक्षले सजायविरुद्ध अपिल गरेको छ भने अभियोजन पक्षले अझ कडा सजायको माग गर्दै मृत्युदण्ड हुनुपर्ने दाबी गरेको छ । पछिल्लो ३० वर्षको जेल सजायले भने दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा युनको पतनलाई थप गम्भीर बनाएको छ ।

शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.