कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा शुक्रबार बिहान आएको बाढीले दुई महिलालाई बगाएको छ।
Advertisement
प्रहरीका अनुसार बिहान करिब ६ बजे च्याउ टिप्न जंगल गएका स्थानीय ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साँउदलाई खोलाले बगाएको थियो। खोजीका क्रममा महेश्वरी धमला आर्यघाट नजिक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख डिएसपी हिरा सिंह महराले बताए ।
कल्पना साँउद भने हालसम्म बेपत्ता रहेकी छन्। प्रहरी र स्थानीयको टोलीले उनको खोजी कार्य जारी राखेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार पहाडी क्षेत्रमा परेको अविरल वर्षापछि खोलामा आएको बाढीले उनीहरूलाई बगाएको हो।
आर्यघाट नजिकै अर्को शव पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।