• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लथालिंग सडक बत्ति, अन्धकार भैरहवा !


    Avatar photo
आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

भैरहवा- भौगोलिक, आर्थिक र पर्यटन दृष्‍टिले अत्यन्त संवेदनशील मानिने सिद्धार्थनगर नगरपालिकाको भैरहवा शहर यतिबेला अस्तव्यस्त छ, अँध्यारो र बेवास्ताको प्रतीक बन्दै गएको छ।

Advertisement

बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने जो कोहीले सबैभन्दा पहिले देख्‍ने शहरको अवस्था अहिले दयनीय छ। नगरका मुख्य सडकहरूमा जडान गरिएका सडक बत्तीहरू अधिकांश स्थानमा बलेका छैनन्। कतिपय पोलहरूमा बत्ती नै छैनन्, कतिपय फुटेका छन् भने केही पोलहरू जीर्ण बनेका छन्। साँझ पर्नासाथ मुख्य सडक र बजार क्षेत्रमा अँध्यारो छाउँछ। शहरको पहिलो दृश्य नै अँध्यारो र अव्यवस्थित देखिँदा यसले नगरको छवि मात्र होइन, समग्र देशको छविमाथि पनि प्रश्‍न उठाउने गरेको छ।

विशेषगरी बेलहिया-भैरहवा-बुटवल सडकखण्ड, विमानस्थल जोड्ने मार्ग तथा मुख्य चोकहरूमा जडान गरिएका सडक बत्तीहरू लामो समयदेखि बिग्रिएको अवस्थामा छन्। शुरुमा त बत्ती जडान गरियो तर त्यसपछि मर्मत सम्भार र नियमित अनुगमनमा कसैले ध्यान दिएन। अहिले ती सडक बत्तीहरू केवल पोलमा झुन्डिएका संरचनाजस्तै बनेका छन्।

बत्ती जडान त भयो, तर त्यसको हेरचाह कहिल्यै नभएको स्थानीय युवा निशान्त खनालले बताए। शुरुमा देखाउने काम भयो, तर टिकाउने जिम्मेवारी कसैले नलिएको खनालले बताए। अहिले सडक बत्तीहरू केवल खर्च देखाउने माध्यम बनेको उनले बताए।

करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका पूर्वाधार संरक्षणको अभावमा काम नलाग्‍ने अवस्थामा पुग्‍नु केवल कमजोरी नभई जिम्मेवारीहीनताको उदाहरण हो।

यता जनप्रतिनिधिहरू भने विकासका ठूला नारामा व्यस्त देखिन्छन्। ‘सफा, सुन्दर, हराभरा नगर’ भन्‍ने भाषणहरू सार्वजनिक कार्यक्रममा बारम्बार दोहोरिन्छन्। तर, वास्तविकता ठीक उल्टो छ। मुख्य सडकहरू अँध्यारो छन्, गल्लीहरू फोहोरले भरिएका छन् र व्यवस्थापनको प्रभावकारी प्रणाली कतै देखिँदैन। नागरिकहरू दैनिक समस्यासँग जुधिरहेका छन्, तर उनीहरूको गुनासो सुन्‍ने र समाधान गर्ने निकाय मौनजस्तै देखिन्छ।

अँध्यारो सडकले केवल असुविधा मात्र सिर्जना गरेको छैन, यसले सुरक्षा जोखिमसमेत बढाएको छ। रातिको समयमा पैदलयात्रीहरू त्रसित हुँदै हिँड्न बाध्य छन्। मोटरसाइकल तथा अन्य सवारी दुर्घटनाको सम्भावना बढेको छ। कतिपय स्थानमा असामाजिक गतिविधि बढ्ने जोखिमसमेत स्थानीयवासीले औंल्याएका छन्।

लुम्बिनी रोड क्षेत्रमा लामो समयदेखि व्यापार गर्दै आएकी सरु ज्ञवालीले रातिको समयमा सडकमा बत्ती नहुँदा व्यवसाय सञ्‍चालनमा समेत समस्या भइरहेको बताइन्। कतिपय बेला त स्थानीय बासिन्दा आफैंले लाइट बालेर के भयो भनेर हेर्न जानुपर्ने अवस्था उनले बताइन्।

स्थानीय प्रभु चौधरीले सम्बन्धित निकायले यो समस्या तत्काल समाधान गर्नुपर्ने बताए।

नगरको मुख्य मार्गमै अन्धकार हुनु अत्यन्त लज्जास्पद विषय हो। यो अन्तर्राष्‍ट्रीय प्रवेशद्वार हो। यहाँ आउने मानिसले नेपालबारे पहिलो धारणा यहींबाट बनाउँछन्।

बेलहियादेखि बुटवलसम्मको सडक खण्ड अहिले अव्यवस्थित अवस्थाको प्रतीकजस्तै बनेको छ। सडक किनारमा राखिएका सुरक्षा रेलिङहरू दायाँ-बायाँ ठाउँ-ठाउँमा भाँचिएका छन्, जसले यात्रुहरूलाई सुरक्षा दिनेभन्दा पनि गिज्याइरहेको आभास हुन्छ। ती रेलिङहरू मर्मत नहुँदा केवल दुर्घटनाको जोखिम बढेको छ, समग्र सडकको सौन्दर्य चाहीं बिग्रिएको छ।

अचम्म लाग्दो कुरा त के छ भने यी संरचनाहरू केही दिन वा साता मात्र होइन, महिनौंदेखि वर्षदिनसम्म पनि उस्तै अवस्थामा छन्। सम्बन्धित निकायको ध्यान नपुग्दा यस्तो लापरवाही देखिएको स्थानीय बासिन्दा बताउँछन्। दैनिक हजारौं सवारी साधन गुड्ने यस सडक खण्डमा यस्ता भाँचिएका रेलिङहरूले जुनसुकै बेला दुर्घटना निम्त्याउन सक्छन्।

यस्ता साना देखिने तर महत्त्वपूर्ण पूर्वाधारहरूको समयमै मर्मत सम्भार हुन नसक्नुले व्यवस्थापनको कमजोरी उजागर गर्छ। नगरलाई सुन्दर, सुरक्षित र व्यवस्थित बनाउने जिम्मेवारी सम्बन्धित निकायको हो, तर हालको अवस्था त्यसको ठीक उल्टो देखिन्छ।

अब ढिला नगरी सम्बन्धित पक्षले तत्काल ध्यान दिई भाँचिएका रेलिङहरूको मर्मत तथा व्यवस्थापन गर्नु अपरिहार्य देखिन्छ। सिद्धार्थनगरको विडम्बना यहीं छ जहाँ सम्भावना अपार छ, त्यहीं व्यवस्थापन शून्य देखिन्छ।

अन्तर्राष्‍ट्रीयस्तरको विमानस्थल रहेको शहर, भारतसँगको मुख्य व्यापारिक नाका र विश्‍व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी जाने प्रमुख मार्ग भएर पनि आधारभूत पूर्वाधारको अवस्था दयनीय हुनु गम्भीर चिन्ताको विषय बनेको छ।

यसबारे थप खोजी गर्दा सडक बत्ती जडान र सञ्‍चालनको जिम्मेवारीबारे पनि महत्त्वपूर्ण तथ्य बाहिर आए। बेलहिया-भैरहवा-बुटवल सडकखण्ड तथा विमानस्थल जोड्ने मुख्य सडकमा पोलसहित सडक बत्ती जडान गर्ने काम सडक डिभिजन सडक कार्यालय बुटवलले सम्पन्‍न गरेको थियो। निर्माण सम्पन्‍न भएपछि ती सडक बत्तीहरूको सञ्‍चालन तथा मर्मत सम्भार सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको थियो।

१४ असोज ०७६ मा सडक डिभिजन कार्यालय र सिद्धार्थनगर नगरपालिकाबीच बैठक बसेर जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी सडक डिभिजन कार्यालय बुटवलले दिएको छ। सो बैठकपछि सिद्धार्थनगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडक बत्तीहरूको पूर्ण जिम्मेवारी पाएको थियो।

सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर शरद आचार्यले निर्माण सम्पन्‍न भएपछि सञ्‍चालन र मर्मत सम्भारको जिम्मेवारी सम्बन्धित पालिकाको हुने व्यवस्था रहेको बताए। सडक डिभिजन कार्यालयले पूर्वाधार निर्माण गरेर हस्तान्तरण गरिसकेको हो। त्यसपछि सम्बन्धित पालिकाले नै सञ्‍चालन, मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने उनले बताए।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रका बिग्रिएका सडक बत्तीहरू आवश्यकताअनुसार मर्मत गर्दै आएको उनले बताए।

सिद्धार्थनगरमा भने लामो समयसम्म मर्मत नभएको अवस्था देखिएको छ। यता सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पनि सडक बत्तीको समस्याबारे नगरपालिका जानकार रहेको बताएकी छन्। तर, उनले मर्मत तथा व्यवस्थापनको काम नगरपालिकाको मातहतमा नपर्ने दाबी गरिन्।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.