• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

डेन्यूबमा युद्धपोत फेरि देखिए

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

विश्‍व घटना : चीनमा घण्टामा ६०० किमि दौडिने रेल


    Avatar photo
शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित

काठमाडौं– आज २३ मे। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्‍व चर्चित थोरै घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९४९- संघीय गणतन्त्र जर्मनीको स्थापना

सन् १९४९ मा आजकै दिन संघीय गणतन्त्र जर्मनीको स्थापना भएको थियो। त्यो तत्कालीन पश्‍चिम जर्मनी थियो। दोस्रो विश्‍वयुद्धको अन्त्य तथा हिटलर नेतृत्वको नाजी शासन पतन भएको ४ वर्षपछि पश्‍चिम जर्मनी स्थापना भएको थियो। सन् १९९० को दशकमा बर्लिन पर्खाल ढल्यो। र, तत्कालीन पूर्वी र पश्‍चिमको एकीकरणपछि हालको जर्मनी स्थापना भयो।

– सन् १९५१- चीनद्वारा तिब्बतमा कब्जा

सन् १९५१ मा आजकै दिन चीनले तिब्बतलाई आफ्नो देशमा विलय गराएको थियो। र, एक स्वायत्त प्रदेशको मान्यता दिएको थियो। पछि तिब्बतलाई स्वतन्त्र बनाउने भन्दै दलाई लामाको नेतृत्वमा सन् १९८९ देखि आन्दोलन भएको थियो, जुन २१औं शताब्दीको शुरुसम्म कायम रह्यो। उक्त आन्दोलन मत्थर भएसँगै अहिले तिब्बत चीनको स्वायत्त प्रदेशको हैसियतमा संसारभर परिचित छ।

– सन् १९५१- दलाई लामाका प्रतिनिधिले गरे १७ बुँदे सम्झौतामा हस्ताक्षर

सन् १९५१ मा आजकै दिन दलाई लामाका प्रतिनिधिले १७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताले तिब्बतमा चीनको सम्प्रभुता स्वीकारेको थियो। तथापि, उक्त दस्तावेजमा दबाबमा हस्ताक्षर गराइएको बताउँदै पछि निर्वासित तिब्बती सरकारले अमान्य घोषित गरेको थियो।

– सन् १९९२- इटालीका माफियाले गरे न्यायाधीशको हत्या

सन् १९९२ मा आजकै दिन इटालीमा माफियाले न्यायाधीश जियोभानी फाल्कोनको हत्या गरेका थिए। उनी माफिया राजका सख्त विरोधी थिए। पत्‍नी र एक अंगरक्षकसहित एक कार बम विष्‍फोटमा उनको हत्या गरिएको थियो। हत्यापछि उनी इटालीका लोक नायक बनेका थिए।

– सन् २०१९- चीनमा घण्टामा ६०० किमि दौडिने रेल

सन् २०१९ मा आजकै दिन चीनमा ६०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिने रेल सार्वजनिक गरिएको थियो। यसलाई नयाँ हाई-स्पिड रेलको प्रोटोटाइप बताइएको थियो। चाइनिज रेलवे रोलिङ स्टक कर्पोरेसनले क्‍विङदाओ प्रान्तमा त्यसलाई सार्वजनिक गरेको थियो।

– सन् २०२१- चीनमा कठ्यांग्रिएर २१ धावकको मृत्यु

सन् २०२१ मा आजकै दिन चीनमा चिसोले कठ्यांग्रिएर २१ जना धावकको ज्यान गएको थियो। गान्सु प्रान्तको येलो रिभर स्टोन फरेस्ट पार्कमा उक्त घटना भएको थियो। त्यहाँ अल्ट्राम्याराथन आयोजना गरिएको थियो।

– सन् २०२२- चीनविरुद्ध अमेरिकाको घेराबन्दी

चीनको बढ्दो आर्थिक सामर्थ्यमा घेराबन्दी गर्ने उद्देश्यले अमेरिकाले आजकै दिन मोर्चा निर्माण गरेको थियो। अमेरिकी राष्‍ट्रपति जो बाइडेनको उपस्थितिमा भारत, दक्षिण कोरिया र जापान उक्त मोर्चामा सहभागी भएका थिए। जापानको राजधानी टोकियोमा ‘इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क’ नाममा उक्त मोर्चा निर्माण भएको थियो। र, त्यसको उद्देश्य यस क्षेत्रमा चीनको प्रभाव कम गर्नु थियो।

– सन् २०२३- इसाई पादरीले २ हजार बालिकाको यौन शोषण गरेको खुलासा

७० वर्षयता इसाई पादरीहरूले २ हजार बालिकाको यौन शोषण गरेको खुलासा आजकै दिन भएको थियो। ४५१ जना इलिनोइस क्याथोलिक पादरीहरूले लगातार बालिकाहरू माथि यौन शोषण गरेको खुलासा भएको हो। अमेरिकाको इलिनोइस राज्यस्थित महान्यायाधीवक्ताको कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको थियो।

शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डेन्यूबमा युद्धपोत फेरि देखिए
झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

भर्खरै

  • १.
    डेन्यूबमा युद्धपोत फेरि देखिए

  • २.
    झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

  • ३.
    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

  • ४.
    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • ५.
    ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

  • ६.
    युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

  • ७.
    नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

  • ८.
    विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.