• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

कैलारीका किसानको आशा : मुख्यमन्त्री शाहद्वारा टेढी र गुर्गी बाँधको स्थलगत निरीक्षण


    Avatar photo
शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले कैलालीको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको बिहीबार स्थलगत निरीक्षण गरेका छन ।

Advertisement

कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजना अन्तर्गतका यी बाँधहरू लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले हजारौं किसान प्रत्यक्ष प्रभावित हुँदै आएका छन्। टेढी सिँचाइ आयोजनाबाट पालिकाका वडा नम्बर ६, ८, २, ३, ५ र ७ तथा गुर्गी सिँचाइ आयोजनाबाट वडा नम्बर ७, ५, १ र ३ का कृषक लाभान्वित हुँदै आएका थिए।

तर, २०६४ सालमा आएको बाढीले बाँधमा ठूलो क्षति पुर्‍याएपछि आयोजना पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन्। बाँध भत्किनुका साथै नहर निर्माण अधुरै रहँदा किसानहरू वर्षौंदेखि सिँचाइ समस्याबाट पीडित छन्।

निरीक्षणपछि मुख्यमन्त्री शाहले प्रभावित क्षेत्रका किसानलाई राहत पुर्‍याउन तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । उनले जनताको माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक र प्रतिबद्ध रहेको समेत बताए ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरी का अनुसार टेढी र गुर्गी बाँध पुनर्निर्माणसँगै सिँचाइ नहर निर्माण भएमा हजारौं कृषक प्रत्यक्ष लाभान्वित हुनेछन्। उनले करिब ९५ प्रतिशत जनता कृषिमा निर्भर रहेको उल्लेख गर्दै हाल किसानहरू वर्षाको पानीमा मात्र निर्भर हुन बाध्य भएको बताए ।

“सिँचाइ अभावका कारण किसानहरूले चैते धान खेती गर्न सकिरहेका छैनन्,” अध्यक्ष चौधरीले भने, “महँगो मूल्यमा डिजेल किनेर पानी तान्नुपर्ने बाध्यता अहिले पनि कायमै छ।”

निरीक्षण कार्यक्रममा राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपाध्यक्ष खेम चौधरी, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते
नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता
कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

भर्खरै

  • १.
    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • २.
    ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

  • ३.
    युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

  • ४.
    नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

  • ५.
    विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

  • ६.
    कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

  • ७.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • ८.
    तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.