काठमाडौँ । कर्णाली प्रदेशमा सबै पालिकाको अन्तिम मत परिणाम आएको छ । शुक्रबार बिहान कालिकोटको पचालझरना गाउँपालिकाको नतिजा आएसँगै उक्त प्रदेशको सबै पालिकाको मत परिणाम सार्वजनिक भएको हो ।
Advertisement
अन्तिम परिणाम आएको पचालझरनामा माओवादी केन्द्रले हात पारेको छ । एमाले र कांग्रेसबीच गठबन्धन भएको उक्त पालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको थियो ।
जसमा माओवादी केन्द्रको देवराज शाही दुई ३६२ मत ल्याएर विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर बोगटी एक हजार ७२९ मत ल्याउँदै पराजित भएका छन् ।
उपाध्यक्षमा समेत माओवादीकै अल्किना बम विजयी भएकी छन् । उनले एमाले उम्मेदवार रण रोकायालाई पराजित गरेकी हुन् ।