काठमाडौँ । बलात्कार तथा यौन हिंसाविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा युवाहरूले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिता आयोजना गरी किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरूले प्रदर्शन गरेका हुन् ।
Advertisement
सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।

प्रदर्शनकारीले बलात्कार भएको मितिले एक वर्षभित्र उजुरी दिनु पर्ने हदम्याद हटाउनु पर्ने र पीडकलाई सजाय दिनु पर्ने माग राखेका छन् ।

