काठमाडौँ । भरतपुर महानगरमा ५५ हजार ६८० मत गणना सकिएको छ । यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
Advertisement
महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मत गणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मत गणना जारी रहेको छ ।
वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मत गणना गरिएको छ । महानगरको मत गणनाअनुसार पाँच दलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ ।
प्रमुखमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार २६७ मतले अग्रता लिएकी छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले नौ हजार ३४३ मतका साथ अग्रता लिएका छन् ।
प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार २६ मत प्राप्त गरे ।