काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्रको पार्टी (राप्रपा)ले जितेको छ ।
Advertisement
नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् । उनले १७ हजार ५२५ पाए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेलले १६ हजार ९६६ मत पाएकी थिइन् ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका थिए ।