काठमाडाैं : अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
Advertisement
एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको हो। अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ।
नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए। उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए।
शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ।