• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भुक्तानी रोकिँदा लुम्बिनीमा असन्तोष : बुद्ध जयन्तीअघि निजी क्षेत्र अन्योलमा


    Avatar photo
मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित

भैरहवा- बुद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण पर्व बुद्ध जयन्ती नजिकिँदै जाँदा विश्‍वकै महत्त्वपूर्ण धार्मिक गन्तव्य लुम्बिनीमा उत्सवको माहोल बन्‍नुपर्ने हो। तर, यसपटक यहाँको वातावरण उत्साहभन्दा बढी निराशा, आक्रोश र अन्योलले भरिएको छ।

Advertisement

यसको मुख्य कारण भनेको गत वर्ष सम्पन्‍न बुद्ध जयन्ती कार्यक्रमसँग सम्बन्धित भुक्तानी अझैसम्म नहुनु हो।

आगामी १८ वैशाखमा बुद्ध जयन्तीको मिति नजिकिँदै जाँदा लुम्बिनी क्षेत्रका व्यवसायीहरूमा उत्साह र उमंगभन्दा निराशा र आक्रोश सिर्जना भएको छ। गत वर्षको बुद्ध जयन्तीमा घाम-पानी नभनी खटिएका उनीहरू यसपटक कार्यक्रममा सहभागी हुने कि नहुने भन्‍ने अन्योलमा छन्। संघीय सरकारले बजेट विनियोजन गरे पनि लुम्बिनी विकास कोषका पदाधिकारीहरूको लापरवाहीको कारण स्थानीय व्यवसायीहरू मारमा परेका हुन्।

गत वर्षको बुद्ध जयन्ती कार्यक्रमसँग सम्बन्धित भुक्तानी अझैसम्म हुन नसक्दा होटल व्यवसायी तथा सञ्‍चार क्षेत्र गम्भीर समस्यामा परेका छन्। एक वर्षभन्दा बढी बितिसक्दा पनि भुक्तानी नहुँदा निजी क्षेत्र आक्रोशित बन्दै गएको छ भने आगामी कार्यक्रमहरूमा सहकार्य गर्ने कि नगर्ने भन्‍ने अन्योलसमेत सिर्जना भएको छ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी क्षेत्रमा देश-विदेशबाट आएका अतिथिहरूलाई आवास, भोजन तथा यातायात व्यवस्थापन गर्न विकास कोषले स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी तथा अन्य निजी क्षेत्रसँग समन्वय गरेको थियो। कार्यक्रमको प्रचारप्रसारका लागि विभिन्‍न सञ्‍चारमाध्यममा विज्ञापनमूलक सामग्री दिएर प्रचार गरिएको थियो। बुद्ध जयन्ती मूल समारोहको रुपन्देहीका ८ वटा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। तर, ती सबैको भुक्तानी अहिलेसम्म भएको छैन।

कार्यक्रम सम्पन्‍न भएको एक वर्ष बितिसक्दा पनि सम्बन्धित पक्षहरूले सम्झौता गरेर दिएको सेवावापतको रकम भुक्तानी पाउन सकेका छैनन्। यसले गर्दा निजी क्षेत्रको राज्यप्रति विश्‍वासमा समेत असर पर्न थालेको छ।

होटल व्यवसायीहरूले अतिथिहरूलाई बसोबास र खानपानको व्यवस्था गर्दा लागेको खर्च अझैसम्म भुक्तानी नभएको गुनासो गरेका छन्। यसले गर्दा उनीहरूको आर्थिक अवस्था कमजोर बनेको छ। बैंकबाट ऋण लिएर सञ्‍चालित होटल व्यवासायीहरू सरकारी कार्यक्रमको भुक्रानी नपाउँदा तनावमा छन्।

बैंकको ब्याज तिर्नसमेत समस्या भइरहेको होटल लुम्बिनी पिसका सञ्‍चालक दीपक पंगेनीले बताए।

लुम्बिनीमा होटल सञ्‍चालन गर्दै आएका होटल सुगमो प्रालिका सञ्‍चालक खिम श्रेष्‍ठले लुम्बिनी विकास कोषले दुःख दिएको बताए। कोषले माग गरेबमोजिम बस्‍ने, खाने व्यवस्था ३ दिनसम्म उपलब्ध गराएको र त्यसबेला आफ्नो गाडीसमेत विकास कोषलाई दिएको तर कोषमा बिल पेश गर्दा भुक्तानी नपाएको उनको गुनासो छ।

लुम्बिनी विकास कोषमा भुक्तानीको ताकेता गर्दा सदस्य सचिवले भुक्तानी गर्न नसक्ने जानकारी गराएको उनले बताए।

सञ्‍चार माध्यमहरूले पनि कोषको अनुरोधमा विज्ञापनमूलक सामग्रीहरू उत्पादन गरी प्रचार-प्रसार गरेवापतको रकम नपाउँदा आर्थिक दबाब झेल्नुपरेको बताएका छन्। बुद्ध जयन्तीजस्तो अन्तर्राष्‍ट्रीय महत्त्वको कार्यक्रमलाई सफल बनाउन विभिन्‍न सञ्‍चार माध्यमले कोषसँग सम्झौता गरी प्रत्यक्ष प्रसारण, विज्ञापन तथा विशेष सामग्री उत्पादन र प्रसारण गरेका थिए। तर, त्यसबापतको पारिश्रमिक हालसम्म प्राप्त नभएको उनीहरूको गुनासो छ।

गत वर्षको बुद्ध जयन्तीमा टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण र विज्ञापनमूलक सामग्री प्रसारण गरेबापतको भुक्तानी नपाएको राष्‍ट्रीय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल ज्ञवालीले बताए।

कोषभित्रको खिचातानीले समस्या जटिल

कोषमा कार्यरत पदाधिकारीहरूको खिचातानीले उक्त समस्या भएको देखिन्छ। कोषमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अध्यक्ष भए पनि कोषको सबै जिम्मेवारी उपाध्यक्ष डा. ल्हारक्याल लामा, सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, कोषाध्यक्ष ढुण्डीराज भट्टाराईले सम्हालेका थिए।

यतिबेला सदस्य सचिव फेरिएका छन्। शाक्यको ठाउँमा दीपक श्रेष्‍ठ आएका छन्। तर, अन्य पदाधिकारीहरू पुरानै छन्। तर, कोषका कर्मचारीहरूले पुराना कर्मचारी र पदाधिकारीहरूले गरेको कार्यबारेमा आफूहरू जानकार नभएको भन्दै पन्छिन खोजिरहेका छन्।

व्यवसायीहरू भने पदाधिकारीहरूले एकले अर्कोलाई आरोप लगाएर पन्छिने गरको भन्दै आक्रोशित छन्। होटल गोल्डेन बुद्धका सञ्‍चालक सुनिल घिमिरेले गत वर्ष बुद्ध जयन्तीको बेला लुम्बिनी विकास कोषले राखेका पाहुनाको भुक्तानी अहिलेसम्म नहुँदा समस्या भइरहेको बताए।

होक्के होटलका मार्केटिङ प्रमुख आदर्श पाण्डेले गत वर्षको बुद्ध पूर्णिमा र त्यसभन्दा अगाडिको समेत १८ लाख रुपैयाँभन्दा बढी भुक्तानी नभएको बताए। उनले लुम्बिनी विकास कोषमा बारम्बार ताकेता गर्दासमेत भुक्तानी नभएको गुनासो गरे।

लुम्बिनी होटल एसोसिएसनका महासचिव टीकाकुमारी कट्टेलले कोषले आफैं अनुरोध गरेर सेवा लिएको र त्यसको भुक्तानी समयमै गर्नुपर्ने दायित्व रहेको बताइन्। उनले लामो समयसम्म भुक्तानी नहुँदा होटल व्यवसायीहरू आर्थिक रूपमा मात्र नभई मानसिक रूपमा समेत प्रभावित भएको बताइन्।

उनले विगतका वर्षमा तुरुन्तै भुक्तानी हुने गरेको बताउँदै गत वर्षको तत्काल भुक्तानी हुनुपर्ने बताइन्। ०८३ सालको बुद्ध पूर्णिमा नजिकिँदै गर्दा आगामी कार्यक्रममा निजी क्षेत्रको भूमिका कस्तो रहने भन्‍ने विषयमा अन्योल बढेको उनले बताइन्।

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा कोषका पदाधिकारी र जिम्मेवार कर्मचारीहरूले स्थानीय होटल व्यवासायीहरू र सञ्‍चार गृहहरूलाई समेत ढाँटछल गर्न थालेपछि स्थानीय बासिन्दाले बुद्धको जन्मभूमिमा बसेर पञ्‍चशीलको गम्भिर उल्लंघन गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

लाखौं रूपैयाँ बराबरको भुक्तानी नहुँदा व्यवसायीहरू अब कानूनी बाटो रोज्‍ने तयारीमा समेत देखिएका छन्। उनीहरू अदालत जाने कि अन्य निकायमार्फत न्याय खोज्‍ने भन्‍ने विषयमा परामर्श गरिरहेका छन्। सम्बन्धित निकायबाट छिटो समाधान नभए कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।

मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.