• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

जोमसोम-कागबेनी-मुक्तिनाथ यात्रा : देखिएको र भोगिएको विकास !


    Avatar photo
सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित

अंग्रेजीमा एउटा फ्रेज छ नि- (Too little, too late) अर्थात् अति थोरै र अति ढिलो। हालैको एउटा मध्यम दूरीको यात्रा जुन मुक्तिनाथ मन्दिरसम्मको थियो, यो फ्रेज सान्दर्भिक ठहरियो। र, यात्रानुभव सेयर गर्न उचित लाग्यो। त्यसो त, अचेल यात्रा साहित्य ओझेलमा जो परेको छ। अचेलको मानसपटल भिडियो क्लिपमा रमाउँछ। समयले ल्याएको परिवर्तनलाई नकार्न पनि मिलेन।

Advertisement

पहिलो दृष्‍टि नागढुंगाको सुरुङ मार्ग उपर पर्न गयो। २५ अर्बभन्दा बढी रकम खर्चिएको, ६-७ वर्ष लगाएर रचिएको, स्थानीय बासिन्दाको असन्तोष दबाइएको यो विकासले यात्रुलाई कति फाइदा दिने सुनिश्‍चित गर्ला ? मेरो मनभरि मडारिएको प्रश्‍न थियो, यो। खोजी ल्याउँदा, जम्माजम्मी ५ किलोमिटर दूरी छोटिने रहेछ, इन्धन बढीमा १ लिटर बचत हुने। समय १० मिनटजति बचत हुने। साविकको नागढुंगा भञ्‍ज्याङ र तीनपिप्ले मोड हुँदै जाने सडक जो छ त्यसैलाई अरू चौडा पार्न कति खर्च लाग्थ्यो होला अनि त्यो भिरमा तलतिरको सडकमा जग हाली माथिको सडकसम्म पुर्‍याउन कति खर्च लाग्दो हो, यसको हिसाब गर्ने सामर्थ्य मसँग छैन। मैले थाहा पाएसम्म २२ अर्बको जापानी ऋण र ५-६ अर्बको नेपाल सरकारको खर्च लागेको छ त्यहाँ। सडक प्रयोगकर्ताको आँखाबाट पनि हेरिनु पर्थ्यो कि ?

छिमेकी भारत देशका मन्त्री नितिन गडकारीका शब्दहरू युट्युब भनिने जिनिसमा छ्यालब्याल सुन्‍न पाइन्छ। तिनले ढाँटेको होइन भने तिनको कुरा सुनेर उदेक लाग्छ। नागढुंगा सुरुङ मार्गमा राज्यले गरेको रकम र समय असामान्य लाग्छ। यति स्रोतसाधन लगाएर नितिनले कम्तिमा ५० किलोमिटर दूरी छोट्याउँछन्, १ घण्टा समय छोट्याउँछन्, ८-१० लिटर इन्धन बचत हुन आउँछ। त्यसैले यो नागढुंगाको विकास विकासै होइन भन्‍न सक्छु म आँट गरेर।

अब कुरो गरौं नौबिसे-मुग्लिन खण्डको। अहिलेसम्म बिजुलीको पोल हटेको छैन त्यो खण्डमा। जति पनि पिच गरिएका छन्, ठिंग बिजुलीको पोल आइपुग्छ बीच सडकमा। रुख कटानको समस्या ज्युँकात्यूँ छ। साइट क्लियर नहुँदै ठेक्का लाउने हतारो किन पर्छ होला नेपालको सरकारलाई भन्‍ने प्रश्‍न मनमा उब्जिरहने के। ढिलाढाला छँदै थियो, अब त कामै बन्द पो छ, इन्धनको हाहाकार र बिटुमिन नपाउने समस्याका कारण। लौ, जय होस्।

मुग्लिङ-पोखरा रुट २ घण्टामा पार गरियो, जो आफैंमा अचम्मको विषय थियो। अस्तिसम्म धुलो र खाल्डाको सास्ती खेपेको सडकले आज यस्तो रूप धारण गरेछ। तर, भन्‍नैपर्ने हुन्छ- यो सडक जोखिमै जोखिमले भरिएको छ। नपत्याए यो खण्डको दुर्घटना रिपोर्ट हेर्नूस्। किन होला यस्तो ? चालकको लापरवाही ? सवारी साधनको दूरावस्था? कि अरू पनि छन् कारणहरू ?

पहिलेको २ लेनको सडक ४ लेनमा रूपान्तरित त भयो। तर, सडकका इन्जिनियर सरहरूलाई यो थाहा भएन कि सडकको चौडाइ फराकिलो परेर मात्र हुँदैन, मोड (घुम्ती)हरू पनि सुधार गर्नुपर्छ। अब, यो कुरा सडकका इन्जिनियरलाई सिकाउने तेरो के हैसियत भन्‍नु होला। देखेर सुनेर पनि थाहा पाइन्छ नि कति कुराहरू। चार लेनको फराकिलो सडक के का लागि बनाएको हो भन्‍ने प्रश्‍नको जवाफ आउला (१) यात्रा समयको बचत (२) इन्धनको वचत (३) सवारी साधन मर्मत खर्चको बचत (४) सुरक्षित यात्रा आदि आदि।

चारलेनको फराकिलो सडकमा सुरक्षाका दृष्‍टिकोणले प्रतिघण्टा ३० किलोमिटरका दरले गाडी चलाउने भन्‍ने त नहोला। ४० ले नहोला, ५० ले पनि नहोला, कम्तिमा ७० को स्पिडमा नहिँडे के को यात्रा ? के को सडक सुधार ? एडीबीसँग ऋण लिई बनाएको सडकको के काम यदि ७० को स्पिडमा हिँड्न नमिल्ने हो भने ? तर त्यो सम्भव छैन, सेलरोटीजस्तो मोडैमोडका कारण। खासगरी दमौलीबाट २० किमिको दूरी यता र २० किमि जतिको दूरी उता। अंग्रेजीको ‘यू’ आकारका, ‘भी’ आकारका मोडहरू कति हो कति, ज्यान जोगाउनै गाह्रो के। ७ खर्बको ठाउँमा ८ खर्ब ऋण थाप के सरकार। घुम्तिहरू पनि सुधार गर के, कति सिकाउनु तिमीलाई।

अझ भन्‍ने नै हो भने, मुग्लिनदेखि आँबु खैरेनीको सडक विस्तार कार्य मर्स्याङ्दी पारीको गोरखाको भिर ताछेर सडक बनाउन भनी अर्को ऋण सम्झौता गरेको छ सरकारले। त्यो सडक अहिले मर्स्याङ्दी ड्यामसम्मको छ। सडक विभागका सरहरूलाई गजबै गर्‍यौं भन्‍ने लाग्या’ होला। त्यो बनाइसकेपछि उहाँहरूले थाहा पाउनु होला र भन्‍नुहोला कि लौ, गल्ती भएछ भनेर। अलिकता ऋण थपेर आँबु खैरेनीसम्मकै वैकल्पिक सडक कोर्नपर्ने रै’छ भन्‍नु होला। फेरि अर्को ऋण लिने होला, अर्को ५ वर्ष समय लाग्‍ने होला। अहिले नै किन बुद्धि नपुर्‍याएको भन्छु म। किनकि, मर्स्याङ्दीको ड्यामपछि २-३ वटा यस्ता ‘अब्स्ट्याकल’ छन्, जसले ४ लेनको सडक बन्‍न दिने छैन वा बनिहालेमा पैह्रो आई जनधनको क्षति हुनेछ। लेखेर राख्‍नोस्’ सडकका सरहरूले। नागरिकका आँखाले किन तपाईंहरू हेर्नु हुन्‍न ? त्यस्तो विकास के काम, जसले राष्‍ट्रीय ऋण बढाउँछ तर जनताको दैनिकीमा दुःख-वेदना घटाउँदैन ?

सडक विकासका कुरा छाडम् अब आफ्नो कामको कुरा गरौं। मेरो यात्रा खासमा भएको थियो कागबेनीमा श्राद्ध गर्ने उद्देश्यले, मातातीर्थ औंशीको दिन। मेरो टोली दिउँसै कागबेनी पुगेकाले होटलबास खोज्‍न गाह्रो परेन। तर, यात्रुहरू ओइरिने क्रम आधा रातसम्म थामिएको थिएन। रातको २ बजेदेखि होटलवासी पाहुनाहरू नुहाईधुवाई गरी कालिगण्डकी तीरमा जाने क्रम शुरु भयो। हाम्रो टोली ७ बजेतिर श्राद्धस्थल पुग्दा कालिगण्डकीको तीरभरि श्राद्ध गर्न आएका मानिसहरू र तिनका सवारी साधनले पूरै भरिभराउ थियो अचम्म लाग्‍ने गरी। मजस्तै रहेछन् हामी र हाम्रा नेपाली दाजुभाइहरू भन्‍ने लाग्यो। अनुहार ‘रिड’ गर्दा मजस्तै निम्‍न र निम्‍न-मध्यम वर्गका देखिने, मजस्तै पितृ ऋण तिर्न तम्सिएकाहरूको बाहुल्यता।

कालिगण्डकी तीरको श्राद्धकर्म सकेपछि लागियो मुक्तिनाथ मन्दिरतर्फ। कति हुन् मान्छे, कति हो भीड। गाडीको पार्किङ नपाएर कति दुःख हो मान्छेहरूलाई। डाँडाभरि छपक्कै गाडी र मान्छे। मजस्तै धर्मभिरु होलान् ती सबै। तीर्थयात्री भन्‍नपर्ने होला खासमा। जो के ठान्छन् भने भगवानले ‘माथि’ कतै डाँडातिर बसेर मानिसका हरेक क्रियाकलापहरू हेरिराखेका छन्, पापपुण्यका हिसाबकिताव दुरुस्त राखिएका छन्। र, त्यसैका आधारमा दण्ड-पुरस्कार दिन्छन् भन्‍ने डर मनभरि पालेर राखेका प्राणीहरू। देउता-भगवानले सजाय दिने डरले जबर्जस्ती धर्म गरेको देखाउनपर्ने बाध्यताबाट गुज्रेका भयभित अनुहारहरू भन्दा पनि गल्ती नहुनेजस्तो लाग्छ। मजस्ता कतिपय ‘धर्म’ पनि हुने ‘घुमघाम’ पनि हुने भन्‍ने खालका मान्छेहरू पनि होलान् त्यो भीडमा। जे होस्, श्रद्धालु तीर्थयात्रीहरूको भीडचाहीं गतिलै थियो र औंशीका दिन यो भीड सधैंजसो हुने भन्‍ने जानकारी पनि प्राप्त भएकै हो। शुद्ध पर्यटक हो भने, पर्यटन साँच्चै नै ‘अब्जेक्टिभ’ हो भने सोह्र श्राद्ध र औंशीका दिनहरू छलेर जानु राम्रो हुने ‘इन्फर्मेसन सेयर’ गर्न पनि मन लागेर आयो।

एक त थकान त्यसमाथि कच्ची बाटोको डरले उपल्लो मुस्ताङ लोमान्थाङ जाने इच्छा त्याग गरियो। सडक पिच हुँदैछ भन्‍ने जानकारी पनि पाइयो। अर्कोपटक बुढाबुढीरहित यात्रा जो विशुद्ध पर्यटन गर्ने उद्देश्यले रचिएको होस्, त्यसमा लोमान्थाङ जाने भन्‍ने मनमनै विचार गरी पोखरातिर लागियो।

भोलिपल्ट। अरे बाफ्रे। पोखराबाट मुग्लिङ नन्-स्टप डेढ घण्टामै पो ? आफैंलाई डर लाग्यो मुग्लिङ पुगेपछि। यस्तो त गर्न नहुने। मनमनै आफ्नै ‘मन’लाई सम्झाइयो। काठमाण्डु आइपुगेको २ दिनपछि अनायास एउटा भिडियोमा आँखा पर्न गयो। पोखरा-मुग्लिङ सडकमा ट्राफिक प्रहरीको ओभरस्पिड कारवाही भोगेको दृष्‍य थियो त्यसमा। कारवाही खानेहरूले ट्राफिकलाई गाली गरेका थिएनन्। आफ्नै गल्तीलाई दोष दिइरहेका थिए।

थाहै नपाई ज्यान जाने ‘टाइप’को सडक छ यो। ‘ज्यान’ गइसकेपछि ‘थाहा’ पाएर पनि के काम र ? म कसरी फुत्केछु भनेर डर पनि लाग्यो, लाज पनि लाग्यो, तर मनमनै। ‘फेमेली मेम्बर’ कसैलाई भन्‍न पनि भएन। बरु आज यहाँ लेख्‍नचाहीं छाडिएन। लौजा, जे त पर्ला।

सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.