• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

लुम्बिनीका विद्युतीय बस पाँच वर्षपछि अन्य सहरका विमानस्थलमा सञ्चालन गरिने


    Avatar photo
शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित

भैरहवा। लुम्बिनी क्षेत्रमा सञ्चालन गर्ने उद्देश्यले ल्याइएका विद्युतीय बसहरू पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएपछि अब ती बस अन्य सहरका विमानस्थलमा सञ्चालन गर्ने तयारी गरिएको छ। पर्यटन मन्त्रालयको करिब एक महिनाअघि भएको सचिवस्तरीय निर्णयअनुसार ती सवारी साधन नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको हो।

Advertisement

यस निर्णयसँगै लुम्बिनी विकास कोषले बसहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखेको छ भने अब तीमध्ये केही बस पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढी पठाउने योजना बनाइएको छ। प्राप्त जानकारीअनुसार पाँच बसमध्ये दुई वटा बस एउटै स्थानमा सञ्चालन गर्ने र बाँकी बसहरू अन्य तीन विमानस्थलमा एक एक वटा वितरण गर्ने तयारी गरिएको छ।

यी बसहरू मूलतः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएका थिए। तर सञ्चालन कार्यविधि स्पष्ट नहुँदा र व्यवस्थापनमा ढिलाइ हुँदा बसहरू लामो समयसम्म प्रयोगमा आउन सकेनन्। परिणामस्वरूप ती सवारी साधन वर्षौंदेखि घामपानीमा अलपत्र परिरहेका थिए।

गौतमबुद्ध विमानस्थल प्रशासनले भने यिनै बसहरू भैरहवामै सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएको छ। विमानस्थलले यहाँ दैनिक बढ्दो यात्रु चाप र पर्यटक आगमनलाई ध्यानमा राख्दै कम्तीमा दुई वटा बस यहीँ सञ्चालन गर्न दिनुपर्ने माग गरेको जानकारी दिएकक छ। विमानस्थलकाअनुसार, लुम्बिनी क्षेत्रकै लागि ल्याइएका सवारी साधन यही क्षेत्रमा उपयोग गर्दा बढी प्रभावकारी हुने थियो।

लुम्बिनीलाई प्रदूषणमुक्त क्षेत्र बनाउने लक्ष्यसहित एसियाली विकास बैंकको अनुदानमा पाँच वटा विद्युतीय बस र १४ वटा भ्यान ल्याइएका थिए। तर स्पष्ट सञ्चालन नीति अभाव, नियमित मर्मत–सम्भारको कमी तथा व्यवस्थापन कमजोरीका कारण ती सवारी साधन उपयोगविहीन बने। केही समयअघि बसहरू काठमाडौं पठाउने तयारीसमेत गरिएको थियो, तर त्यस निर्णय कार्यान्वयन हुन सकेन।

लामो समय प्रयोगविहीन अवस्थामा रहँदा बसहरूमा प्राविधिक समस्या देखिएका छन्। विशेषगरी सबै बसका एसी प्रणाली बिग्रिएका छन् भने अन्य महत्वपूर्ण पार्टपूर्जामा पनि क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार मर्मतका लागि मात्रै करिब एक करोड रुपैयाँ खर्च लाग्ने देखिएको छ। त्यस्तै, ल्याइएका १४ वटा भ्यानमध्ये आधा बिग्रिएका कारण ग्यारेजमा थन्किएका छन् भने बाँकी केही भ्यान विभिन्न प्रयोजनमा प्रयोग भइरहेका छन्।

यस अवस्थाले सार्वजनिक सम्पत्तिको प्रभावकारी उपयोग नभएको भन्दै आलोचना समेत भइरहेको छ। दीर्घकालीन योजना र व्यवस्थापनको अभावमा करोडौँ मूल्यका सवारी साधन निष्क्रिय बन्न पुगेको उदाहरणका रूपमा यो विषय उठाइएको छ।

अब भने ती बसहरूलाई अन्य विमानस्थलमा सञ्चालनमा ल्याउने तयारी गरिएसँगै कम्तीमा आंशिक रूपमा भए पनि उपयोगमा आउने अपेक्षा गरिएको छ। तर लुम्बिनीमै सञ्चालन गर्ने सम्भावना भने अझै पूर्ण रूपमा समाप्त भएको छैन, किनकि स्थानीय स्तरबाट यसबारे पुनर्विचार गर्न माग जारी रहेको छ।

शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.