काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र हल्दिबारी गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।
Advertisement
रविन्द्रले नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २ हजार १९० मतले पराजित गरेका हुन् ।
गिरी यसअघि गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार थिए । रविन्द्रले यसपालि ६ हजार ८५६ मत प्राप्त गर्दा गिरीले ४ हजार ६६६ मत प्राप्त गरे ।