सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र उम्मेदवार विजयी भएका छन् ।
Advertisement
कांग्रेस–माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका बिर्मस मोक्तानले पाँच हजार १९४ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द लामाले चार हजार ७६० मत पाए ।
गठबन्धनबाट उपाध्यक्षमा कांग्रेसकी विमला माझी पाँच हजार २८१ प्राप्त गर्दै विजयी भएकी छन् ।