काठमाडौँ । नेकपा माओवादी केन्द्रका शीर्ष नेता गिरिराजमणि पोखरेलको वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् ।
Advertisement
पूर्व मन्त्रीसमेत रहेका पोखरेलको वडामा बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत पाएका थिए ।
बर्दिबास ३ मा एमाले विजयी भएसँगै माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेका तीन वडा गुमाएको छ ।