चितवन । जिल्लाको भरतपुर महानगरमा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । पछिल्लो मत गणनाअनुसार नेकपा माओवादी केन्द्रकी उनले पाँच हजार ९४७ मत पाएकी छन् ।
Advertisement
यस्तै, एमाले उम्मेदवार विजय सुवेदी पाँच हजार ८८८ मत पाएका छन् । उनले रेनु दाहाललाई पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल दुई हजार ९०५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
अहिले रेनु विजयको मतभन्दा ५९ मतले अगाडि रहेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी सात हजार २५७ मतका साथ अगाडि रहेका छन् । उनलाई राप्रपाका हिमला गुरुङ चार हजार ८२२ मत ल्याउँदै पछ्याइरहेका छन् ।