काठमाडौँ । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
Advertisement
अन्तिम मत परिणामअनुसार माओवादी केन्द्रका प्रेम भुजेल पाँच हजार ७९२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले चार हजार ५६८ मत पाएका थिए ।
उपाध्यक्ष पदमा कांग्रेसका जितेन्द्रमान तामाङले ६ हजार ९८ मत ल्याए । उनको निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना श्रेष्ठले चार हजार २९ मत पाएकी छन् ।