• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

समसामयिक राजनीतिका १२ अश्लील परिदृष्‍यहरू !


    Avatar photo
बिहिबार, माघ १६, २०८२ मा प्रकाशित

आगामी २१ फागुनको आमचुनाव नजिकिँदै जाँदा नेपाली राजनीतिक परिदृश्यले जुन ‘अश्लील’ रूप लिइरहेको छ, त्यो आम नागरिकका लागि निराशा र चिन्ताको विषय बनेको छ। मतदातालाई विचार, कार्यक्रम र भविष्‍यका लागि मत दिने होइन, गालीगलौज, अफवाह र आरोप-प्रत्यारोपको बाजीमा भाग लिन बाध्य पारिएको छ।

Advertisement

आमचुनाव लोकतन्त्रको पर्व हुनुपर्ने हो। तर, पछिल्ला वर्षहरूमा विकसित राजनीतिक अभ्यास हेर्दा यो पर्व क्रमश: अहंकार, असहिष्‍णुता र सत्ताकेन्द्रित अश्लीलताको प्रदर्शनमा सीमित हुँदै गएको छ। विशेषगरी, नेतृत्वमा देखिएको राजनीतिक शैलीले बहसलाई विचारबाट हटाएर व्यक्ति, शक्ति र प्रभुत्वतर्फ मोडेको गम्भीर आरोप लाग्दै आएको छ। तल उल्लिखित १० परिदृष्‍यहरू त्यसैको प्रतिविम्ब हुन्।

(१) बहसभन्दा अपमान, नेतृत्वभन्दा अहंकार

नेतृत्व तहमा विकसित राजनीतिक भाषा नीति र तर्कभन्दा व्यंग्य, कटाक्ष र अपमानमा केन्द्रित रहँदै आएको छ। संसददेखि चुनावी मञ्‍चसम्म आलोचकलाई होच्याउने शैली नै “राजनीतिक कौशल”जस्तो प्रस्तुत गरियो। यो लोकतन्त्र होइन, अहंकारको शासनशैली हो।

(२) राष्‍ट्रवाद : बहस होइन, ढाल; साथै झुटो राष्‍ट्रवादको राजनीतिक प्रयोग

प्रचलित नेपाली राजनीतिमा ‘राष्‍ट्रवाद’ विचारको विषय होइन, असहमतिलाई दबाउने ढाल बन्यो। प्रश्‍न गर्ने नागरिक, पत्रकार वा नेतामाथि ‘राष्‍ट्रविरोधी’को लेबल टाँस्‍नु बहसको हत्या हो। साथै, प्रतिद्वन्द्वी र विपक्षीहरूलाई विदेशी एजेन्ट भन्‍नु र बाहिरी शक्तिबाट सञ्‍चालित भन्‍नु निकृष्‍ट व्यवहार हो।

(३) सत्ता नै सर्वोपरि : चुनावी गठबन्धन एउटा, सरकारमा जाने गठबन्धन अर्को

लोकतन्त्र सभ्य असहमति र जिम्मेवार नेतृत्वबाट बलियो हुन्छ। असभ्य ट्रोलिङ र अवसरवादी पीडितपन दुवै सत्ताकेन्द्रित राजनीतिका विकृति हुन्। ०७९ सालको आमनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीको चुनावी गठबन्धन हुनु, नेकपा माओवादी र नेकपा एमालेको गठबन्धन सरकार बन्‍नु र त्यसपछि संसदको ठूलो दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको गठबन्धन सरकार बन्‍नु सत्तास्वार्थका चरम् उदाहरण बने।

(४) ट्रोल राजनीति : संगठित असभ्यता

सबैजसो राजनीतिक दलहरूका सामाजिक सञ्‍जाल समूहहरूले आलोचक, महिला पत्रकार र असहमतिप्रति आक्रामक भाषा प्रयोग गरे। नेतृत्वको मौनताले सन्देश दियो- असभ्यता स्वीकार्य छ, जबसम्म सत्ता सुरक्षित छ।

(५) सत्तामा हुँदा सर्वज्ञ, बाहिरिँदा पीडित

सत्तामा रहँदा सबै सफल, प्रतिपक्षमा पुगेपछि सबै असफल- यो दोहोरो चरित्र सबै दलहरूमा छ। खासगरी, नेकपा एमाले यसमा सिद्धहस्त छ, जहाँ आत्मालोचना कमजोरी ठानिन्छ, अहंकार शक्ति।

(६) कानून होइन, व्यक्ति सर्वोपरि

यो कस्तो लोकतन्त्र हो, जहाँ सरकार, राष्‍ट्रपति, दलहरू सबै मिलेर संविधान मिच्‍ने गर्छन् ? नेताहरूलाई बदमासी गर्न संविधानले नछेक्ने, ऐन-कानूनले नछेक्ने, अदालतले नछेक्ने, नैतिकता-आचरण-विवेक कुनै विषयले छेक्न/रोक्न नसक्ने ? गएका वर्षहरूमा प्रचलित अध्यादेश शासन, नियुक्तिमा मनपरि र संवैधानिक संस्थामाथि प्रभाव जमाउने प्रयासले कानूनी शासनभन्दा व्यक्ति-केन्द्रित सत्तालाई प्राथमिकता दिएको देखियो।

(७) चुनावी बहस रूपी शकुनी पासा र अस्वीकृतीको आक्रमण

महाभारतको कथामा शकुनी नामका पात्रले एउटा जुवा खेलको रचना गरेका थिए, जसलाई अस्वीकार गर्नसक्ने सामर्थ्य युधिष्‍ठिरमा थिएन र त्यसको परिणाम सर्वज्ञातै छ। घरि ‘देश जलाउने’ र ‘देश बनाउने’ भाष्‍य; घरि सुकिलो दमक र फोहोर मधेशको अतिरञ्‍जना, घरि साइनो र तमसुक नभएको बाहिरीया आदि प्रशस्तीले चुनावी बहसभित्रको षडयन्त्र बाहिरिइसकेको थियो, जसले फलस्वरूप मूर्त रूप लिन सकेन। चुनावी बहस अस्वीकार गर्ने पक्षको अभिव्यक्ति पनि प्रश्‍न र संशयको घेरो बाहिर अवश्य नै थिएन। उम्मेदवारहरू बीचको आपसी घृणाले नेपाली लोकतन्त्रको परिहास नै गर्‍यो भन्‍न सकिन्छ।

(८) असफलताको दोष ‘अरू’ माथि

महँगी, बेरोजगारी र सुशासनमा असफलता स्वीकार्नुको साटो दोष सधैं ‘गठबन्धन’, ‘प्रणाली’ वा ‘विदेशी चलखेल’माथि थोपर्ने प्रवृत्ति कायम रह्यो। अन्तर्राष्‍ट्रीय वित्तीय निगरानीमा ‘ग्रे लिस्ट’मा परेको मुलुकको जिम्मेवारी कसैले नलिने, जेन-जी विद्रोहमा पुगेको अपूरणीय क्षतिको दोष कसैले नस्वीकार्ने अवस्था बन्‍न पुगेको छ।

(९) दलबदलको ‘सौदाखोरी बजार’

एक रातमा दल बदल्ने, टिकटका लागि ‘बोली’ लगाउने, मन्त्री पदको लालच देखाउने- यो “राजनीतिक मानव बण्डल”को अश्लील बजार हो। विचार होइन, मूल्य होइन, मोल हो। चुनावको मुखमा आएर पार्टी खोल्ने कुलमान घिसिङ केही दिनभित्रै राष्‍ट्रीय स्वतन्त्र पार्टीमा मिसिए र पुन: वापस भए। नामै लिनु पर्दा गोरखा-२ मा उम्मेदवारी दिने बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिई कसैसँग बार्गेन गर्नकै लागि उम्मेदवारी दिएको प्रमाणित गरे।

(१०) सफेद झुट कथेर सुरक्षा थ्रेटको भाष्‍य तयार गर्ने शैली

पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले विमानस्थलमा सुरक्षा चेकिङ गरी आफूलाई सुन तस्कर सरहको व्यवहार गरियो भनी झुटो बोले। उनी आफूलाई ‘सुरक्षा थ्रेट’ रहेको बताइरहन्छन्। उता, सामाजिक सञ्‍जाल एउटा ‘डिजिटल युद्धक्षेत्र’ बनिसकेको छ। फोटोसप गरिएका तस्बिर, बनावटी अडियो, भ्रम फैलाउने भिडियो राजनीतिक दलको प्रमुख हतियार बनेका छन्। सत्य के हो भन्‍ने कुरा बुझ्नै नसकिने परिस्थिति जो बन्दै गएको प्रतीत भएको छ।

(११) जनताको दु:खभन्दा सत्ताको गणित ठूलो

मुलुकको कुनै क्षेत्र, कुनै अवस्था, कुनै निकायले आमजनतालाई सन्तुष्‍ट पार्न सकेको छैन। ऋण र बेरोजगारीले आक्रान्त भई आमजनता विदेश पलायन हुँदै गर्दा सत्तासीन नेतृत्वको मुख्य ध्यान सत्ता समीकरण, गठबन्धन तोडफोड र पुन: सत्तारोहणमै केन्द्रित रह्यो। सत्ताले कुनै विकल्प दिन सकेन। राजनीतिक दलहरूको यही सत्ताकेन्द्रित मोह नेपालको सबैभन्दा कुरूप दृश्य रह्यो विगतदेखि आजका दिनसम्म।

(१२) मतदातालाई ‘बौद्धिक अशक्त’ सम्झने धृष्‍टता

नागरिकलाई भावनामा बगाउने, डर देखाउने, सानो-सानो लालच दिने- यी सबै मतदाताको बुद्धिमत्तालाई अपमान गर्ने कार्य हुन्। नेता मतदातालाई ‘भेडा’ होइन भन्‍ने कुरा बिर्सिसकेजस्तो देखिन्छ। सामाजिक सञ्‍जालको प्रयोग र वैदेशिक रोजगारको माध्यमबाट सर्वसाधरण नेपाली जनताले ‘राज्य’ र ‘नागरिक’ बीचको फासला छुट्टयाउन सक्ने सामथ्र्यवान बनाएको छ।

निष्‍कर्ष

राजनीति भनेको सेवा र संस्कारको संगम हुनुपर्ने हो। तर, २१ फागुनको चुनाव नजिकिँदै गर्दा देखिएका यी विकृतिहरूले नेपाली समाजको नैतिक धरातल नै खस्किएको त होइन भन्‍ने प्रश्‍न उब्जाएको छ। यी अश्लील परिदृश्यहरूले नेपाली लोकतन्त्रको चेहरामा कालो दाग लगाइरहेका छन्। चुनाव जित्‍ने होइन, चरित्र जित्‍ने कुरा राजनीतिक दलहरू बिर्सिसकेका छन्।

आक्रामक र अनावश्यक राष्‍ट्रवाद, व्यक्ति-केन्द्रित सत्ता अभ्यास आदि लोकतन्त्रका विकल्प होइनन्। लोकतन्त्र नाराले होइन, संयम, संविधानप्रतिको सम्मान र जवाफदेहिताबाट बाँच्छ। अब निर्णय जनताकै हातमा छ- अहंकार कि लोकतन्त्र ? एजेन्डामा बहस गर्ने, सभ्य भाषा बोल्ने र देशको भविष्‍य सोच्‍ने प्रतिनिधिलाई मात्र छान्‍नु आजको आवश्यकता हो। मतदाताले यी “अश्लीलताको राजनीति”लाई अस्वीकार गर्ने साहस देखाउनुपर्छ। हामीले माग गर्नुपर्छ : विचार, शिष्‍टता र जवाफदेहीको राजनीति। अन्यथा, २१ फागुनको नतिजा जे पनि होस्, नेपाली राजनीति नै हार्नेछ।

बिहिबार, माघ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

भर्खरै

  • १.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • २.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ३.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ४.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ६.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ७.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ८.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.