काठमाडौँ । भरतपुर महानगरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार उनले चार हजार १८२ मत पाएका छन् ।
Advertisement
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले चार हजार १४७ मत पाएका छन् । उनी सुवेदीभन्दा ३५ मतले पछि परेकी छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ७५३ मत पाएका छन् ।