काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ५ को मत गणना शुरु भएको छ । उक्त वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
Advertisement
उक्त वडामा बालेनले ३३१ भोट पाउँदा एमालेका केशव स्थापितले २४६ र कांग्रेसकी सिर्जना सिंहले १७१ भोट पाएका छन् ।
काठमाडौँ ५ मा हाँडीगाउँ, विशालनगर, टंगाल, भाटभटेनी क्षेत्र पर्छन् ।
मत गणना जारी भएका वडा नम्बरहरू ३, ४, ५, ६, ३१ र ३२ मा बालेन अगाडि नै रहेका छन् । यस्तै, वडा नम्बर १ र २ मा एमालेका उम्मेदवार विजयी भइसकेका छन् ।