काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँच घण्टाका लागि नेपालको औपचारिक भ्रमणमा आइपुगेका छन् । उनी लुम्बिनी आइपुगेका हुन् ।
Advertisement
भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट भारतीय प्रधानमन्त्री मोदी ११ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लुम्बिनी आइपुगेका हुन् ।
अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले मोदीलाई स्वागत गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत मन्त्रीहरूले स्वागत गरेका थिए ।
साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसहित नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेलले पनि उनको स्वागत गरेका थिए ।