अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । नेपाली कांग्रेसका टेकबहादुर साउँदले एमालेबाट उम्मेदवार दिएका भाइ लोकबहादुर साउँदलाई पराजित गरेका हुन् ।
Advertisement
दाइले तीन हजार ११२ मतसहित विजयी हुँदा भाइ दुई हजार ६१४ मतमा खुम्चिएका हुन् । उनीहरूको घर बान्नीगढ ३ बर्दादेवीमा हो ।
टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने लोकबहादुर बान्नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।
उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् ।