चितवन । भरतपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनकी उम्मेदवार पछि परेकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले पछि पारेका हुन् ।
Advertisement
सुवेदीले गठबन्धनकी रेनु दाहाललाई १४ मतले पछि पारेका हुन् । पछिल्लो मत परिणामअनुसार सुवेदीले तीन हजार ६६७ मत पाएका छन् भने माओवादी केन्द्रकी दाहालले तीन हजार ६५३ मत पाएकी छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ४१३ मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले चार हजार १५० मतसहित फराकिलो अग्रता बनाएका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले दुई हजार ८८६ मत ल्याउँदै पछ्याइरहेकी छन् ।