काठमाडौँ । नेकपा माओवादी केन्द्रको गढ मानिएको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
Advertisement
नेपाली कांग्रेसले अन्तिम समयमा प्रल्हाद क्षेत्री टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनले सबै दललाई पछि पार्दै अग्रता कायम बनाएका हुन् ।
अघिल्लो निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका क्षेत्री एक हजार मतले माओवादीसँग पराजित भएका थिए । प्यानल नै दर्ता गरेका क्षेत्रीको समूहले २ वटा वडामा जित हासिल गरिसकेको छ ।