सल्यान । जिल्लाको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका खिमबहादुर रावत तीन हजार ३६९ मतका साथ विजयी भएका हुन् ।
Advertisement
उनले नेकपा एकीकृत समाजवादीका डिल्लीबहादुर केसीलाई पराजित गरेका हुन् । केसीले जम्मा दुई हजार १७ मत ल्याएका हुन् । त्रिवेणीमा एमाले तेस्रो भएको छ ।
उपाध्यक्षमा पनि कांग्रेसकै सीता खड्का तीन हजार १८६ मतका साथ विजयी भइन् । उनले नेकपा माओवादी केन्द्रका राजेन्द्रकुमार थापालाइ पराजित गरेकी हुन् ।