• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

खाली खुट्टाबाट रंगशालासम्म : सपनाको गोलपोस्टमा उभिएका युवा, तर राज्य अझै बेन्चमै


बिहिबार, पुष २४, २०८२ मा प्रकाशित

कैलाली । फुटबलप्रतिको मोह, संघर्षको कथा र भविष्यको सपना बोकेका किशोर खेलाडीहरूले धनगढी रंगशालालाई जीवन्त बनाएका छन्। बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता पौष १८ गतेदेखि जारी छ । पौष २६ गतेसम्म चल्ने यस प्रतियोगिताले धनगढीलाई मात्र होइन, समग्र कैलालीलाई फुटबलमय बनाएको छ।

Advertisement

कैलाली जिल्ला फुटबल संघको आयोजनामा तथा बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा कैलाली १३ स्थानित तह मध्ये जानकी गाउपालिका बाहेक सबै पालिकाका गरि १२ टिम सहभागी छन्। संघका अध्यक्ष अनिल मल्लका अनुसार बद्री कुन्ता मेमोरियल ट्रष्टको आर्थिक सहयोग, सीमित स्रोत र राज्यको प्रत्यक्ष लगानीबिनै पनि प्रतियोगिता सम्भव बनाइएको हो।

“प्रतियोगितालाई सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग गर्ने सबै प्रायोजक, सह–प्रायोजक, अफिसियल, खेलाडी, प्रशिक्षक, दर्शक र सुरक्षाकर्मीलाई धन्यवाद,” अध्यक्ष मल्ल भन्छन्।

राज्यको लगानी नहुँदा पनि विभिन्न क्लब र समुदायको सहयोगमा खेलाडीहरू मैदानमा उत्रिएका छन्। यही सहकार्यको भावनाले यो प्रतियोगिता सम्भव भएको बद्री कुन्ता मेमोरियल ट्रष्टका संस्थापक सदस्य गोकर्ण जोशी बताउँछन्।
“यस क्षेत्रको फुटबल विकासमा केही इँटा थप्न सकिन्छ कि भनेर हामी कैलाली जिल्ला फुटबल संघसँग जोडिएका हौँ,” जोशीको भनाइ छ।

स्थानीय तह पनि सहकार्यतर्फ अघि बढ्ने संकेत देखिन्छ। मोहन्याल गाउँपालिका उपाध्यक्ष कमल सावद भन्छन्, “कैलाली जिल्ला फुटबल संघसँग साझेदारी गर्दै मोहन्याल क्षेत्रमा फुटबल गतिविधि बढाउँछौँ।”

प्रतियोगिताको स्तरले खेलाडी मात्र होइन, क्लब पदाधिकारीहरूलाई पनि उत्साहित बनाएको छ। साहारा युवा क्लब पहलमानपुरका अध्यक्ष निर्मल कुमार मिश्र भन्छन्, “यति स्तरीय प्रतियोगिता सायदै हुन्छन्, हामी अत्यन्त खुशी छौँ।”

संघर्षका कथाहरू भने अझै मार्मिक छन्। बसर युवा क्लब चुरेका अध्यक्ष गणेश देउवा भन्छन्, “केटाहरू भन्थे—हामीलाई त चप्पल लगाएर खेल्न सजिलो हुन्छ दाइ। धेरै मिहिनेत गरेर टिमलाई धनगढी रंगशालामा उतारेको हुँ।”

प्रशिक्षकहरूको अनुभव पनि सिकाइले भरिएको छ। साहारा युवा क्लबका मुख्य प्रशिक्षक प्रदिप बमका अनुसार, “प्रतियोगिताको स्तर एक तह माथि छ, हामी धेरै कुरा सिकिरहेका छौँ।”

खेलाडीहरूको अनुभूति झनै हृदयस्पर्शी छन्। बसर युवा क्लब चुरेका खेलाडी खेम बोहरा भन्छन्, “मैले पहिलो पटक फुटबल जुत्ता लगाएँ। पहाडमा खेल्नुपर्ने जुत्ता पनि हुदैनथ्यो । हामी पहाडका मान्छे बलिया हुन्छौँ, त्यसैले त्यहाँ खाली खुट्टै खेल्थ्यौँ।”

गाउँबाट आएका टिमका लागि यो अवसर सपनाजस्तै बनेको छ। बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सका सहायक प्रशिक्षक प्रकाश शाह भन्छन, “गाउँबाट पहिलो पटक यति व्यवस्थित प्रतियोगितामा भाग लिन पायौँ, हाम्रो लागि यो ठूलो उपलब्धि हो।”

प्रतियोगितालाई उत्कृष्ट बनाउन आयोजक पक्षले कुनै कसर बाँकी नराखेको प्रतियोगिता निर्देशक हर्क दानपालीको भनाइ छ। “बद्री कुन्ता मेमोरियल यु–१६ प्रतियोगितालाई नमुना बनाउने हाम्रो लक्ष्य हो,” उनी भन्छन्।

धनगढी रंगशालामा अहिले केवल फुटबल खेलिँदैन, यहाँ संघर्ष, सम्भावना र सपनाहरू दौडिरहेका छन्। तर प्रश्न अझै उस्तै छ—
युवाले आफैं भविष्य खोजिरहँदा, राज्य कहिले मैदानमा उत्रिने ?

बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.