बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार ७०७ मत ल्याएर पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
Advertisement
अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवबहादुर पुनले एक हजार ९९५ मत पाएका थिए भने नेकपा एमालेका उम्मेदवार देवेन्द्र छन्त्यालले ३९२ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी हिरा कुमारी छन्त्याल निर्वाचित भएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निसु रसाइलीले एक हजार ९५८ मत प्राप्त गर्दै पराजित भएकी छन् ।