काठमाडौँ । भक्तपुर नगरपालिकाले शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय अस्वीकार गरेको छ । शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय भक्तपुर प्रशासनले अस्वीकार गरेको हो ।
Advertisement
आज नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साबिकबमोजिम विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ ।
शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो । त्यसविपरित नगरपालिकाले विद्यालयलाई पत्र पठाएको हो ।